२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यापु सांस्कृतिक महोत्सव हुने

अ+ अ-

ललितपुर । ज्यापु समाज ललितपुरको आयोजनामा ३ दिने ज्यापु सांस्कृतिक महोत्सव संचालन हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने उक्त महोत्सव कार्तिक ७ गते देखि ९ गतेसम्म संचालन हुने ज्यापु प्रज्ञा भवन ललितपुरद्धारा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

ज्यापु समुदायको जनजिवन लगाएत संस्कार, चालचलन, सांस्कृतिक एवं सामाजिक पक्षहरुको प्रदर्शनी गराउने र ज्यापु प्रज्ञा भवनमा व्यवस्था गरिएको ज्यापु संग्रहालयको अवलोकनार्थ आम नागरिकहरुमा सूचना प्रवाह गर्नु नै यसको मुख्य उद्येश्य रहेको वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले बताए ।

ज्यापु सांस्कृतिक महोत्सवका प्रमुख आकर्षणहरुमा झण्डै ३५० वर्ष पुरानो झ्यालेचा अवलोकन, लोपोन्मुख सीप, तथा स्थानीय जीबनशैलीको अवलोकन गराइने छ भने ललितपुर नगरीको उत्तरी भेगको स्थानीय टोल वल्खु टोलमा एकल घोडे जात्रा, भिन्द्योलाछी टोलमा जीवन्त संस्कृति प्रदर्शन, क्वय्लाछी च्यासलमा झ्यालेचा तथा झण्डै २००० वर्ष पुरानो गजलक्ष्मी, च्यासल टोलमा महाराज योगनरेन्द्र मल्लका कान्छी श्रीमती टेपे महारानी, खपिन्छें टोलमा आकाश भैरब, चाछें टोलमा माटोको चैत्य, भेलाछें टोलमा अवालेहरुको मौलिक कार्यको जीवन्त प्रदर्शन, गःछें टोलमा नेवारी भोजका परिकारहरुको स्वाद व्यवस्था, च्यबुगाहिटी टोलमा सांस्कृतिक डकुमेन्ट्री प्रदर्शन, लोल टोलमा माटोबाट बनाईएका हस्तकला प्रदर्शनीका साथै विभिन्न स्थानमा नेवारी खानाका परिकारहरुको स्टल रहने आयोजकले जनाएको छ ।

स्थानीय १० टोल र अन्य २० समुहको सहभागितामा संचालन हुने यस महोत्सवमा तीन लाखले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस