२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी सुधार्न सकिन्छ सुदूरको स्वास्थ्य सेवा

अ+ अ-

सुदूर ! सुदूर मात्र होइन, यो सुन्दर पनि छ । प्राकृतिक सम्पदाको अथाह भण्डारका रुपमा रहेको यो क्षेत्र सम्भावनाको खानी पनि हो । यसका वावजुत पनि सुदूरप्रति हेर्ने राज्यको दृष्टिकोण सधै सौतेनो नै रह्यो । गाँस, बास, कपास लगाएत शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरहरुबाट सधै बञ्चित रहँदै आयो । यस क्षेत्रले थुप्रै मन्त्री, प्रधानमन्त्री पनि नपाएको होइन । तर यो क्षेत्रका नागरिकका आधारभुत आवश्यकताहरु कहिल्यै शासकको नजरमा परेनन् त्यसैले त यहाँ रोग, भोक र शोकको साम्राज्य छ । सिटामोलका लागि सदरमुकाम पुग्नुपर्ने अवस्था अझै कायमै छ । सामान्य भन्दा सामान्य उपचारका लागि समेत भारत धाउनुपर्ने अवस्थाबाट गुज्रिरहेको यस क्षेत्रको स्वास्थ्य अवस्थाबारे सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन तथा बरिष्ठ डाक्टर गणेश बहादुर सिंहसँग प्रशासन डट कमका वरिष्ठ सम्बाददाता यज्ञराज जोशीले गरेको कुराकानी ।

जागिरे जिबनमा सधै ब्यस्त देखिने एक चिकित्कसको दिनचर्या अवकासपछि कसरी बित्दैछ ?
डेढ वर्ष भयो सरकारी सेवाबाट अनिवार्य अवकास लिएको । चिकित्सकको दिनचर्या बिरामीसंग त बित्ने नै भयो त्यस बाहेक बिहान बेलुकाको समय पनि बिरामीसँग नै बित्छ । तर अवकासपछि दिउँसोको समयमा मानसिक रूपमा आराम गरिन्छ । परिवारका लागि पनि समय दिने गरेको छु । जागिरे जीबनका दौरान निकै ब्यस्त हुनुपर्ने पेसा भएकोले अन्य सामाजिक कामका लागि त्यति समय पाइएन अहिले सामाजिक कार्यमा पनि सहभागिता जनाइरहेको छु ।

सरकारी सेवाको लामो अवधि सेती अञ्चल अस्पतालमा नै बिताउनु भयो, कस्तो रह्यो जागिरे अनुभव ?
मैले २०४४ साल जेठ १९ गते स्थायी रूपमा सेती अञ्चल अस्पतालमा प्रवेश गरेको हुँ । त्यतिबेला अञ्चल अस्पताल नाम मात्रैको थियो । एक जना डाक्टर काजमा काम गर्दै हुनुहुन्थ्यो । म आइसकेपछि उहाँ आफ्नो नियमित सेवामा जानुभयो । त्यसपछिका केही महिना म एक्लैले काम गरेँ । त्यो समय मेरा लागि निकै कठिन रह्यो । चिकित्सक ल्याउन पनि निकै गाह्रो थियो । सुदूर पश्चिममा आउन कोही नमान्ने । तर पनि म यही क्षेत्रकोबासिन्दा पनि भएकोले जसरी पनि यहाँका गरिब, असहाय र दुःखी जनतालाई सेवा दिनै पर्छ भन्ने मनमा अठोट लिएर निरन्तर लागिरहेँ । शिक्षण अस्पताल महाराजगञ्जमा तीन वर्षको सिकाइले मलाई निकै ठूलो काम गर्यो । खासगरी अप्रेसनको काममा अझ बढी सहज भयो । बिस्तारै मेरा आफ्ना चिनेका दुई चार जना साथीहरूलाई बोलाए । काम गर्दै गइयो । क्रमिक रूपमा थुप्रै सुधार हुँदै गयो र मैले अवकास लिँदैगर्दा २५/२६ जना डक्टर पुगे ।

जहाँसम्म यसको वृत्तिविकासको कुरा छ, सेवा सुविधा थप्ने र थप सुविधासम्पन्न बनाउँदै लैजाने कुरा छ अपेक्षितरूपमा त्यो पुरा नभएको पक्कै हो । अहिले पनि स्थिती त्यही छ । अहिले पनि ४०/४२ जना डाक्टर छन् तर पनि जनस्तरबाट जुन किसिमको सेवाको अपेक्षा गरिएको छ त्यो अस्पतालले दिन नसकिरहेको अवस्था छ । मेडिकल सुपरिटेन्डेनको स्थायीत्वको सवाल अस्पतालको प्रमुख समस्या हो । मैले छोडिसकेपछि पनि ६ जना मेडिकल सुपरिटेन्डेन चेन्ज भइसके । यसरी मेडिकल सुपरिटेन्डेनको नै स्थायीत्व नहुँदा थुप्रै समस्या आउँछन् । राम्रोसँग प्रशासन चल्न सक्दैन । अहिले दैनिक जसो यहाँका एफएममा अस्पतालको बारेमा समाचार बजिरहेको हुन्छ । यत्रो अस्पतालबाट अहिले जनताले थुप्रै सेवाको अपेक्षा गरेका छन् । गुणस्तरीय सेवामा जहिल्यै प्रश्न उठ्ने गर्छ । राज्यको सम्बन्धित निकायको बेवास्ताको कारण पनि यस्तो अवस्था आएको हो जस्तो लाग्छ मलाई । यसका बाबजुत पनि हाल अस्पतालले दिइरहेको सेवामा ७५ प्रतिशत सन्तुष्ट नै छु सम्बद्ध सबै निकायले ध्यान दिने हो भने बाँकी २५ प्रतिशत पनि सुधार गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

पछिल्लो समय राजनीतिक प्रभावले पनि अस्पताललाई ध्वस्त बनायो भन्ने कुरा सुनिन्छ यसमा तपाइ के देख्नुहुन्छ ?
सेती अञ्चल अस्पतालमा राजनीतिको प्रभाव बिगत १५/१६ वर्षदेखि पर्दै आएको छ । त्यो भन्दा पहिले त्यस्तो थिएन । अहिले सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्ष र दुई सदस्यको नियुक्ति क्याविनेटको मन्त्रीस्तरीय निर्णयबाट हुने गर्छ । त्यसमा राजनीति निकै हावी भएको छ । सरकारमा जुन दलको स्वास्थ्य मन्त्री छ उसैले आफ्ना पार्टीका कार्यकर्ता नियुक्त गर्छ । स्वाथ्यलाई बुझेका, स्वास्थ्यका क्षेत्रमा केही गर्ने चाहना भएका मान्छे आउनुको साटो दलगत स्वार्थमा मान्छे आउँदा काम हुँदैन । अस्पतालको आवश्यकता एउटा हुन्छ, जनताको चाहना एउटा हुन्छ, मन्त्रालयको चाहना एउटा हुन्छ, तर राजनीतिक भागबण्डाबाट बोर्डमा नियुक्त भएका व्यक्तिहरुको चाहना अर्कै हुन्छ र गन्जागोलको अवस्था सिर्जना हुन्छ ।

सरकार परिवर्तनसंगै बोर्डमा भइरहने फेरबदलले २ वर्षे कार्यकाल लफडामै बित्छ । आरोपप्रत्यारोप मै समय गुज्रिएपछि सुधार कतिबेला गर्ने ? कसले गर्ने ? समितिमा आउने मान्छेले के बुझ्न जरूरी छ भने यो कुनै आर्थिक लाभ लिने पद होइन । यो केवल सेवा गर्ने पोस्ट हो । मैले मेरो कार्यकालमा अस्पतालको लागि कहाँ–कहाँबाट सहयोग जुटाउन सक्छु, कसरी राम्रो गर्न सक्छु भन्ने सोचेर त्यस्ता संघ संस्था र सरोकारबाला निकायमा समन्वय गरेर काम गर्ने र अस्पताल प्रशासनलाई चुस्त दुरूस्त राख्ने तर्फ ध्यान दिनुपर्छ ।

तपाइको नेतृत्वमा हुँदाको अवस्था र अहिलेमा के अन्तर देख्नुहुन्छ ?
अहिले सबैभन्दा प्रमुख कुरा त प्रशासनिक रूपमा स्थायीत्व छैन । डामाडोल छ । निमित्त मेडिकल सुपरिटेन्डेनलाई काम गर्न गाह्रो छ । अधिकार हुँदाहुँदै पनि गल्ति गर्ने डाक्टरलाई कारवाही गर्न सकेको छैन । किनभने उ केही दिनको लागि मात्र हुन्छ । अन्य स्टाफहरुले पनि केही दिनको लागि मात्रै त होनी भनेर निमित्तले भनेका कुराहरुलाई गम्भिर रूपमा लिँदैनन् । निमित्त मेसुले पनि साथीभाइसँग किन सम्बन्ध बिगार्ने भोली यीनैसँग काम गर्नुपर्ने हो भन्ने सोचेर केही बोल्दैन । यस्तो अवस्थाले चुस्तदुरुस्त सेवा प्रवाहमा ठूलो असर पुर्याउँछ । त्यसैले मेसुको नियमितता हुनुपर्छ । मैले केही दिन पहिले मात्रै स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखामा गएर सेती अञ्चल अस्पतालमा मेसुको निरन्तरता हुनुपर्यो भनेर भनेको छु । यो अवस्था हिजो थिएन ।

प्रायजसो चिकित्सकहरु दुर्गममा जान नमानिरहेको अवस्थामा वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुँदा पनि तपाइले सुदूर पश्चिम नै रोज्नुभयो र त्यहीबाट जागिरबाट अवकास लिनुभयो नि, किन सुविधासम्पन्न ठाउँमा जान मन नलागेको ?
सुदूर पश्चिम मेरो जन्मभूमी पनि हो । मैले जन्मभूमिका लागि केही गर्नै पर्छ । यही बसेर सेवा दिनुपर्छ भन्ने सोच बनाएँ र हामीले गरेभने पो यहाँका जनताले केही पाउन सक्छन् भन्ने अठोट बनाए । जतिबेला म यो निर्णय लिएर सुदूर पश्चिम आए, राजधानीबाट बाटो थिएन । म भारतको बाटो भएर आएको हुँ । आफ्नै क्षेत्र भएकाले पनि होला मैले यहाँ अगाध मायाँ पाएँ । नेपाल सरकारले मलाई धेरै ठाउँमा सरूवा गर्ने प्रयास पनि गरेन । एकचोटी महाकाली अञ्चल अस्पतालमा २०४६ देखि ०४७ सम्म सरूवा गर्यो । एक वर्ष त्यहाँ काम गरेँ । फेरी सेती अञ्चलमै सरूवा भयो । यद्यपी म आफैले यहाँ जान्छु, त्यहाँ जान्छु कहिल्यै भनिन । त्यो बेला डाक्टरको पनि अभाव थियो । मलाई धेरै ठाउँमा बोलाइयो पनि तर म गइन । मैले सरूवा पनि मागिन ।

अहिले सुदूर पश्चिमको स्वास्थ्यकोस्तर धेरै माथी उठेको छ । मलाई खुशी लाग्छ । सुदूर पश्चिमका अछाम, बैतडी, बाजुरा जस्ता जिल्लाहरु राज्यको सूचकाङकमा उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । यसो भनिरहँदा यहाँ सुधार गर्न धेरै बाँकी नै छ । गाउँ ठाउँमा सल्यक्रियाको सुरुवात भयो भन्ने समाचारमा आउँछ । राष्ट्रिय मिडियामा पनि त्यस्ता समाचारले राम्रो स्थान पाउँछन् तर तीन महिना पछि त्यो सेवा बन्द भइसकेको हुन्छ । त्यसकारण जुन सेवा सुरूवात गरिएको छ त्यसको निरन्तरता दिने मेकानिजम हुनुपर्छ ।

सुदूरमा स्वास्थ्यको अवस्था निकै कमजोर देखिन्छ, यो अवस्थालाई कसरी सुधार गर्न सकिन्छ ?
नेपाल सरकारले प्रदान गरेका सेवामा निरन्तरता दिनलाई चिकित्सकीय जनशक्तिको मजवुत व्यवस्थापन गर्नुपर्छ । एउटै डक्टरले अप्रेसनका सबै काम गर्नुपर्छ । त्यहाँ जनशक्ति थप्नुपर्छ । विशेषज्ञ डक्टरको उत्पादन तथा व्यवस्थापनमा जोड दिनुपर्यो । अस्पतालको भौतिक पूवार्धारको विकास हुनुपर्छ । आवश्यक सामान र जनशक्तिको एथेष्ट पूर्ति हुनुपर्छ । त्यसो हुन सकेमा मात्रै अहिलेको अवस्थामा सुधार ल्याउन सकिन्छ ।

यहाँ त वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ, सुदूर पश्चिमका महिलाका प्रमुख स्वास्थ्य समस्याहरु के हुन् ?
खासगरी महिलामा देखिने समस्या भनेका आङ खस्ने, सेतो पानी बग्ने, तल्लोपट दुख्ने लगायतका समस्या देखिन्छन् । यी यस्ता ठुला रोग नभए पनि समयमा उपचार हुन सकेन भने पछि यीनै रोगले विकराल रूप लिन सक्छन् । यस्ता रोगको समयमै उपचार भएन भने बाँझोपन हुने लगायतका समस्या उत्पन्न हुन सक्छ । अहिले प्रजनन् स्वास्थ्यका कुरामा महिलाहरू सचेत भएको पनि देखिन्छ । तर अझै खुलेर आउने गरेका छैनन् । महिनावारीका समस्या पनि छन् । प्रसुति हुँदाका थुप्रै समस्या छन् । पाठेघरको मुखको क्यान्सरको समस्या छ ।

यि समस्याहरुको समाधान कसरी गर्ने ?
सबैभन्दा पहिलो कुरा त व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । रोगको लक्षण देखिने बितिकै सम्बन्धित विषेशज्ञकहाँ गएर चेकजाँच गर्नुपर्छ । यहाँ महिला गर्भवति हुँदा पनि गरुँगो तथा अप्ठ्यारा काम गरिरहेका हुन्छन् । गर्भवति हुनुभन्दा अघि र बच्चा पाइसकेको कम्तिमा पनि तीन महिनासम्म अप्ठ्यारा काम गर्नु हुँदैन । प्रयाप्त मात्रामा पोसिला खाने कुरा खानुपर्छ । समय–समयमा महिलाले पाठेघरको मुखको चेकजाँच गर्नुपर्छ । अहिले पनि महिला आफ्ना समस्या खुलेर राख्न सक्दैनन् । महिलाले खुलेर आफ्ना समस्या राख्नुपर्छ । त्यसो हुन सक्यो भने समस्याहरु न्यूनिकरण हुँदै जान्छन् ।

धनगढीमा सुविधासम्पन्न अस्पताल संचालन गर्दै हुनुहुन्छ भन्ने कुरा सुन्नमा आएको छ नि, के यो साँचो हो ?
अहिले मेडिकल कलेज खुल्दै छ । त्यसले सुदूरको स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन ल्याउने छ । अहिले सबै विषेशज्ञ सेवा एउटै ठाउँबाट दिन गाह्रो छ । किनकी त्यस्तो खाले जनशक्तिको अभाव छ । त्यो पूर्ति गर्न गाह्रो पर्छ । अहिले थुप्रै अस्पताल खेलेका छन् र खोल्ने चाहना भएका मान्छे पनि छन् । मैले पनि सोच बनाइ रहेको छु । सकेसम्म बढी भन्दा बढी र बिषेशज्ञ सेवा एउटै ठाउँबाट दिन सकियोस् भन्ने मेरो चाहना हो ।

कहिलेसम्म संचालनमा आइसक्छ र त्यसका विशेषता के हुनेछन् ?
यति नै समय भनेर अहिले नै त भन्न सकिएन तर प्रक्रिया अघि बढीरहेको छ । हामी विषेशज्ञ सेवा दिने प्रयासमा नै हुने छौं । शुरुमा दैनिक सकिएन भने पनि मासिकरुपमा भए पनि विशेषज्ञ सेवा दिने प्रयास गर्छौ ।

अन्त्यमा भन्न मन लागेको केही छ कि ?
सुदूर पश्चिमको स्वास्थ्य क्षेत्रमा कायापलट पार्ने भनेको मेडिकल कलेजले नै हो । मेडिकल कलेज छिटो भन्दा छिटो सञ्चालनमा आउनु पर्छ । एक गोविन्द केसी गाउँ गाउँमा स्वास्थ्य सेवा पुग्नुपर्छ भनेर त्यसरी लाग्नु भएको छ । यस क्षेत्रका जनता पनि अब जागरूप हुन जरूरी छ । राज्यलाई घचघच्याउनु पर्छ । कागजको पानामा माग लेखेर मात्रै केही हुँदैन । आफ्नो क्षेत्रमा स्वास्थ्य सुधारका लागि दवाब दिन आवश्यक छ । प्रधानमन्त्री पनि अहिले यसै क्षेत्रको हुनुहुन्छ । यस क्षेत्रले थुप्रै पटक स्वास्थ्य मन्त्री पनि पायो तर स्वास्थ्य क्षेत्रमा अपेक्षित रूपमा सुधार हुन सकेन । अर्को कुरा यहाँका स्थानीय राजनीतिक दलका प्रतिनिधिले पनि राजनीतिक स्वार्थ भन्दा माथी उठेर काम गर्ने हो भने पक्कै पनि सुदूरको स्वास्थ्य क्षेत्रमा कायापलट हुन समय लाग्ने छैन भन्ने मैले विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस