२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्धारा बन्धक बनाएर असुली

अ+ अ-

काठमाडौं । गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए । अवकाशप्राप्त प्रहरीका छोरा थापाको केही प्रहरीसँग दोस्ती थियो । देवानलाई पक्राउ गरेर थर्काए ‘राम्रै पैसा झर्ने’ भन्दै उनले प्रहरीलाई आश्वासन दिए ।

थापाको कुराले महानगरीय प्रहरी वृत्त बालाजुका असइ चन्द्रसिंह भाट सजिलै लोभिए । उनीहरू सुरुमा आफ्ना मान्छेलाई पनि भारतीय गोर्खा सैनिकमा भर्ना गराइदिन भन्दै देवानको कार्यालयमा पुगे र जबर्जस्ती एक लाख रुपैयाँ दिए । त्यसको फोटो खिचे । उनले गोर्खा सैनिकमा भर्ना गरिदिने भन्दै पैसा लिने गरेको प्रमाण जुटाउन पैसा दिएर त्यसरी फोटो खिचेका थिए ।

लगत्तै उनीहरूले आफूहरू प्रहरी भएको भन्दै कार्यालयमा खानतलासी गरे । गोरखा सैनिकमा भाग लिने प्रक्रियाका केही युवाका कागजपत्र थिए । हत्कडी लगाएर २० लाख रुपैयाँ मागे । आफूले कुनै नराम्रो काम नगरेको भन्दै देवानले पैसा दिन मानेनन् । उनलाई बिन्दवासिनी बालुवा डिपोमा पु¥याएर बन्धक बनाएर बार्गेनिङ सुरु भयो । त्यसवेला असइ भाटसहित हवलदार मनोज यादव र जवान पुष्कर शाहसमेत सँगै थिए । उनीहरूले श्रीमतीलाई फोन गर्न लगाएर पैसा लिएर आउन लगाए ।

जसरी अपराधीहरूले अपहरण गरेर पैसा असुल्छन्, बालाजु प्रहरीले त्यसैगरी सर्वसाधारणलाई पक्राउ गरी असुल्ने प्रयास गरेको थियो । यस घटनाले प्रहरीको सिंगो संगठन नै बदनाम भएको छ । अनुसन्धानका क्रममा आइतबार वृत्तका डिएसपी नवीनकृष्ण भण्डारीसमेत पक्राउ परेका छन् । असइ भाटले डिएसपीलाई जानकारी दिएर नै आफूले पक्राउ गरेको बताएपछि घटनामा उनको पनि संलग्नता देखिएको हो । डिएसपी भण्डारीलाई विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार पक्राउ परेमध्ये विनोद थापाले विगतमा प्रहरीसँग मिलेर धेरैपटक सर्वसाधारणसँग पैसा असुलिसकेका थिए । अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको सूचना संकलन गर्ने र प्रहरीसहित गएर बार्गेनिङ गरी पैसा असुलेको खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस