२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले चाहेको के हो ? आजै छलफल गरेर टुंगोमा पुगिनेः अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित एमालेसँग पार्टी एकता हुने बताएका छन् ।

सोमबार बिहान अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासका सकारात्मक परिघटनाको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताएका हुन् ।

एकताको तयारीपछि कतिपय साथीहरुले जनयुद्धको भूमिका के हुन्छ ? महान् जनयुद्धमा बलिदान गरेका सहिदहरुको सम्मान हुन्छ कि हुँदैन ? बेपत्ताहरुको सम्मान कसरी हुन्छ ? जस्ता प्रश्न उठाउनु भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलठूला बलिदान भएका छन्, संघर्ष भएका छन् । तीनै बलिदानी र संघर्षको बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । जनयुद्धसहित इतिहासका यी सबै घटनाहरुको सम्मान हुन्छ, संश्लेषण हुन्छ र इतिहासमा भएका सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुन्छ ।’

प्रचण्डले भने, ‘नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न सकियो भने समाजवादको यात्रालाई कसैले रोक्न सक्दैन ।

‘विद्यार्थी आन्दोलन कम्युनिष्ट आन्दोलनमा उत्तराधिकारी निर्माणको आन्दोलन हो’, अध्यक्ष प्रचण्डले भने, ‘अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचनमार्फत् केन्द्रीय समिति निर्वाचित गरेको छ । यो हाम्रा लागि महत्वपूर्ण अनुभव र शिक्षा पनि हो । विद्यार्थी आन्दोलन कम्युनिष्ट आन्दोलनमा उत्तराधिकारी निर्माण गर्ने आन्दोलन पनि हो । आन्तरिक प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने नेताहरु नै विरोधीहरुसँगको प्रतिस्पर्धामा पनि आफूलाई विजयी बनाउन सक्छन् ।’

सामयिक राजनीतिबारे बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले संघ र प्रदेशको निर्वाचनसम्म नेपाली कांग्रेसको सरकारलाई समर्थन गर्ने र निर्वाचन सम्पन्न गर्ने सहमति गरेका थियौं । उक्त सहमतिमा हामी अहिले पनि इमान्दार छौं ।

प्रचण्डले यो बीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरुलाई मन्त्रीमा नियुक्त गरेका ले हाम्रा मन्त्रीहरुको अवस्था के हुन्छ भन्दै आजै प्रधानमन्त्रीलाई भेटेर त्यसको आधारमा टुंगोमा पुगिने बताए ।

प्रतिक्रिया दिनुहोस