२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम गठबन्धनमा खटपट : गठबन्धन छोड्ने नयाँ शक्तिको चेतावनी

अ+ अ-

काठमाडौं । अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियानु घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ ।

चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले–माओवादीले ‘अपहेलितु गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो ।

यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार एमाले–माओवादीका अध्यक्षलाई नै दिएका छन् । भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् ।

भट्टराईनिकट स्रोतका अनुसार दाहाल–ओली दुवैले यस विषयमा भट्टराईलाई आवेग र उत्तेजित अवस्थामा नआइहाल्न आग्रह गरेका छन् । माओवादीले गोरखा २ नछोड्ने अडान लिँदै भट्टराईलाई गोरखाबाहेक अन्यत्र जिल्ला रोज्न भनेपछि नयाँ शक्ति गठबन्धनसँग झस्किएको हो । माओवादीले गोरखा २ मा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेको छ । ‘पार्टीले गोरखाको दुईवटै क्षेत्र नछोड्ने निर्णय नै गरेको छ, अझ २ नम्बरमा त वरिष्ठ नेता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ,’ माओवादी गोरखाका इन्चार्ज चूडामणि खड्काले अन्नपूर्णसँग भने, ‘यो क्षेत्र बाबुरामलाई माओवादीले छोड्न सक्दैन ।’

वामगठबन्धन वैचारिक विषयमा भन्दा पनि भागबन्डामा अल्झिएको, पार्टी एकता संयोजन समितिले बनाएको क्षेत्र निर्धारण कार्यदलमा राखिएका आफ्नो पार्टी नेतालाई कार्यदल बैठकमा राख्ने हो र भन्दै अपमानित गरिएको तथा गठबन्धन बनेयता पार्टीसँग कुनै छलफलसमेत नगरिएको भन्दै नयाँ शक्तिले असन्तुष्टि जनाएको थियो ।

नयाँ शक्तिले गठबन्धनसँग प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ प्रतिशत निर्वाचन क्षेत्र माग गरेको थियो । सुवेदीका अनुसार नयाँशक्तिले गोरखा २, रसुवा, काठमाडौं १०, कैलालीको ३ र ४, झापा, मकवानपुर र रुपन्देही, उदयपुरको एक–एक क्षेत्र तथा तेहथुम र खोटाङमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा टिकट माग गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस