१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम

अ+ अ-

मस्कट । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्नुभएको सम्झौताले दुवै मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमनको औपचारिक भ्रमणका क्रममा मस्टकस्थित ग्राण्ड ह्यात होटलमा यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने—“यो सम्झौताले दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्न राम्रो शुरुवात भएको छ ।”

सम्मेलनमा परराष्ट्र सचिव शंकरदास वैरागीले सम्झौतापछि नेपालको लगानीका सम्भावनाका क्षेत्रमा ओमनको लगानी भित्र्याउन सहज हुने बताउँदै ओमनमा कार्यरत नेपाली कामदारका समस्या समाधानमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकालले सम्झौताले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै आपसी हितका लागि दुवै मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन् ।

दुवै मुलुकका परराष्ट्रमन्त्री तथा अन्य उच्च अधिकारीको उपस्थितिमा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमन भ्रमण तथा दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेकोे अवसरमा सो सम्झौता भएको हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै यहाँ आइपुगेकोे हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमनको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको थियो ।

प्रधानमन्त्री देउवाको तीनदिने भ्रमणको अन्तिम दिन हिजो यहाँस्थित नेपाली दूतावासले विशेष रात्रिभोजको आयोजना गरेको थियो । भोजमा प्रधानमन्त्री देउवा, नेपाली प्रतिनिधिमण्डलका सदस्य, ओमन सरकारका उच्च अधिकारी, यहाँस्थित विदेशी नियोगका उच्च अधिकारीलगायत थिए ।

प्रतिक्रिया दिनुहोस