२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ : मुख्यमन्त्री र मन्त्री कहाँ बस्ने ?

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले संघीय संसद् र प्रदेशसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइसक्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्ति प्रक्रिया सुरु गर्न सकेको छैन। संघीय संसद् र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते हुँदै छ। अबको तीन महिनाभित्र प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरू छानिएर आइसक्छन्। तर, सरकारले मुख्यमन्त्री र मन्त्री बस्ने स्थानको समेत हालसम्म टुंगो लगाउन सकेको छैन। प्रदेशको केन्द्रसम्म नतोकिइसकेको अवस्थामा प्रदेश संसद् कहाँ राख्ने भन्ने विषय त चर्चामै आएको छैन।

संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गर्दै संविधान जारी भएको दुई वर्ष बित्न लाग्दासमेत सरकारले प्रदेश संरचनाको कुनै पनि कार्य अगाडि बढाउन सकेको छैन। संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने र राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ।

प्रदेश प्रमुखले नै प्रदेशसभाका बहुमतप्राप्त संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुने कानुनी व्यवस्था छ। संघीय संसद् र प्रदेशसभा निर्वाचनलगत्तै पुस पहिलो सातासम्म प्रदेश मन्त्रिपरिषद् गठन भइसक्छ। तर, सातवटै प्रदेशमा त्यसका लागि कुनै पनि संरचना बन्न सकेको छैन।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले प्रदेश प्रमुख र प्रदेश सचिवालय निर्माण कार्यमा केही ढिलाइ भइरहेको स्विकारे। यस विषयमा छलफल थालिए पनि कामले खासै गति लिन नसकेको उनले जानकारी दिए। सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहेको अधिकारसम्पन्न प्रशासन पुनःसंरचना समितिले प्रदेश प्रमुखको मापदण्ड भने बनाइसकेको छ। मापदण्ड बनाइए पनि प्रदेशमा के–कस्तो संरचना रहने र प्रदेश प्रमुखको सचिवालयलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे गृहकार्य सुरु भएको छैन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस