१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

अ+ अ-

मेलम्ची । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट ४९ वर्षीय कुमार पाण्डेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मेलम्ची नगरपालिका–११ स्थायी घर भएका उनी साविक मेलम्ची गाविसका पूर्व उपाध्यक्ष समेत हुन् ।

जिल्ला अदालत चौताराले २०६४ वैशाख १३ गते कीर्ते नागरिकता बनाएको अभियोगमा ११ महिना कैद सजाय र रु एक हजार जरिवाना र २०६४ साल माघ १५ गते सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा एक वर्ष कैद सजाय र रु ५० जरिवाना तोकेको थियो । दुबै अपराधमा गरी उनले कूल एक वर्ष ११ महिना कैद सजाय र एक हजार ५० जरिवाना भर्नुपर्ने इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

पाण्डेलाई आजै जिल्ला अदालत चौतारामा उपस्थित गराइएको हो । रासस

प्रतिक्रिया दिनुहोस