बाह्रै महिना ९२५ मेगावाट उत्पादन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाह्रै महिना ९२५ मेगावाट उत्पादन


प्रशासन विशेष ब्युरो

२३ भाद्र २०७४, शुक्रबार


काठमाडौं । महाकालीको पञ्चेश्वर बहुउद्यश्यीय आयोजनाबाट बाह्रै महिना (फर्म इनर्जी) कम्तीमा ९ सय २५ मेगावाट उत्पादन हुने भएको छ ।

नेपाल र भारतका उर्जा अधिकारीहरुको नयाँ दिल्लीमा भएको दुइदिने बैठकमा महाकालीको पानी बहाव (हाइड्रोलोकिल सिरिज) को अध्ययनका आधारमा पञ्चेश्वर आयोजनाबाट बाह्रै महिना कम्तीमा पनि ९ सय २५ मेगावाट उत्पादन हुने गरी निर्माण गर्ने समझदारी बनेको हो । आयोजना बनेपछि नेपालले कम्तिमा २६२.५ मेगावाट बिजुली र जलाशयमा जम्मा हुने पानी आधा सिँचाइका लागि पाउनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस