२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

अ+ अ-

काठमाडौं । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् । खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन्।

निगमले मन्त्रालयलाई हस्तान्तरण गरेकोे बा २ झ ३०९१ नम्बरको टोयटा गाडी आपूर्तिमन्त्री र बा २ झ १४९९ नम्बरको गाडी सचिवले चढ्दै आएका छन्।

खड्काले आफ्ना निर्णय प्रभावित पार्न विभिन्न प्रयास गर्दै आएका छन् । इन्धन भण्डारणका लागि जग्गा किन्ने निर्णय गराएका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरालाई गाडी उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ । सोही गाडी अहिलेका आपूर्तिमन्त्री शिवकुमार मण्डलले पनि चढिरहेका छन्।

मन्त्री बोहोराको निर्देशनअनुसार आपूर्ति सचिवसमेत रहेका निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रेमकुमार राईले जग्गा खरिदको सम्पूर्ण अधिकार निगमका कार्यकारी निर्देशक खड्कालाई प्रत्यायोजन गरेका थिए । स्रोतका अनुसार अधिकांश निर्णय सञ्चालक समितिबाट अनुमोदन गर्नुपर्ने भए पनि राईले जग्गा खरिदका लागि कार्यकारी निर्देशक खड्कालाई अधिकार दिएका थिए । निगमका जग्गा खरिद घोटालामा तत्कालिन मन्त्री बोहोराको संलग्नता रहेको संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद रामवीर मानन्धरले खुलासा गरेका छन् । जग्गा खरिद प्रकरणमा मन्त्री बोहोरा पनि तानिएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस