विवादित शर्मा साझामै फर्किए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विवादित शर्मा साझामै फर्किए


प्रशासन विशेष ब्युरो

२० भाद्र २०७४, मंगलबार


काठमाडौं । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनका अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् ।

केही दिनअघि राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपनि उनी सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।

साझामा अनियमितताबारे समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मालाई दोषी ठहर गर्दै हटाउन सिफारिस गरे पनि मन्त्री श्रेष्ठले भने कारबाही गर्नुको सट्ठा उल्टै संरक्षण गरेका छन् । शर्मासहित सञ्चालक समितिका मनोनीत चारजना सदस्यले राजीनामा दिएका थिए ।

राजीनामा दिएका शर्मा एक्कासि कार्यालयमा देखेपछि उनीसँग जिज्ञासा राख्दा मन्त्रीले राजीनामा अस्वीकृत गरेकाले कार्यालय नआएर कहाँ जाने भन्दै उल्टै प्रश्न गरेको एक कर्मचारीले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस