काठमाडौंको क्षेत्रपाटीमा समातियो ८८ किलो सुन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौंको क्षेत्रपाटीमा समातियो ८८ किलो सुन


प्रशासन विशेष ब्युरो

१९ भाद्र २०७४, सोमबार


काठमाडौं । प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो ।

बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।

क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।

प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्कीपछि विहान बरामद गरेको जनाएको छ । बा १७ च ६४२७ नम्बरको टाटाको स्ट्रोङ सफारीमा लुकाइ राखिएको सुन सहित मनोज अधिकारी नामका ड्राईभर पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस