सुस्तायो नेपाल–चीन जोड्ने सडक, ७ वर्षमा बल्ल १८ किलोमिटर ट्याक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुस्तायो नेपाल–चीन जोड्ने सडक, ७ वर्षमा बल्ल १८ किलोमिटर ट्याक


प्रशासन विशेष ब्युरो

१८ भाद्र २०७४, आइतबार


काठमाडौं । सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ ।

सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुलाले काँचुली फेर्ने जिल्लावासीको सपना थियो। । तर सडक निर्माणको जिम्मा पाएका कार्यालय र निर्माण व्यवसायीको लापरवाहीका कारण सडकले गति लिन सकेको छैन ।

१ सय ४० किलोमिटरको यो सडक निर्माण सुरु भएको ७ वर्षमा जम्मा १८ किलोमिटर मात्रै ट्याक खुलेको आजको राजधानी दैनिक खबर छ ।

प्रतिक्रिया दिनुहोस