१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार नरोके महालुट

अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीश कस्ता कार्यक्रममा जाने भन्ने बहस छ । मलाई यस्ता कार्यक्रममा आउँदा आलोचना हुने हो कि भन्ने पनि छ । वास्तवमा पुस्तक विमोचनको निम्तो पाएपछि म सुरुमा अलिकति हच्किएको थिएँ । त्यसको कारण पनि छ । संविधानले पनि कानुनले पनि सबैतिर बाटो थुनेर हामीलाई एउटा मानव अधिकार आयोगतिर मात्र देखाएको छ । त्यहाँ एक जना हुने हो, सबै अट्ने कुरा आउँदैन । कहाँ के बोल्ने, के नबोल्ने । अस्ति डा. गोविन्द केसीजीकोमा यस्सो देखिएको थिएँ, समर्थन र आलोचना दुवै भयो । प्रधानन्यायाधीश अथवा न्यायाधीशहरूले अवकाशपछि के गर्ने, के नगर्ने भन्नेबारे अस्पष्ट छ । कसैले गर्नुहुन्छ भन्नुहुन्छ, कसैले गर्नुहुन्न भन्नु हुन्छ ।

हुन त काम गर्दै गइयो, महाअभियोग फेस गर्नुपर्‍यो । फेरि महाअभियोग लगाउनेहरूले नै फिर्ता लिए । जेसुकै भए नि मलाई त्यति दुःख लागेको छैन । सर्वोच्च अदालतमा बस्ने प्रधानन्यायाधीश अथवा प्रधानन्यायाधीश हुने लाइनबाट निष्कासित, जो प्रधानन्यायाधीश हुने लाइनमा हुनुहुन्थ्यो, प्रकाश वस्तीजी, उनले अवसरै पाउनुभएन । धेरै कथा छन् ।

प्रधानन्यायाधीशहरूले, जसले सत्ताको वरिपरि अथवा जो बिहान–बेलुका चिया खान पुग्नु भो अथवा त्यहाँ उनीहरूको सम्झौता वा सहमति केही भयो भने त ठिकै छ । नत्र जसले इमानदारीपूर्वक न्याय दिन्छु भन्छन् ती सबैले (चुनौती र चेतावनी) फेस गरेकै हुन्छन् ।

प्रकाश वस्तीजीलाई कुनै एक चर्चित व्यक्तिले फोन गरेर कुनै मुद्दाको काम गरिदिन भन्यो । उहाँले सक्दिनँ भन्नुभयो । उहाँलाई त्यतिबेलै धम्की आयो कि, अब प्रधानन्यायाधीश बनेर हेर्लास् भनेर । तँलाई प्रधानन्यायाधीश बनाउनेकहाँ चामल, दाल, घिउ त मैकहाँबाट जान्छ भनेरसम्म भनियो, त्यतिखेर । हामीलाई आश्चर्य लाग्यो, तैपनि कसरी प्रधानन्यायाधीश नबन्नुहोला भन्ने पनि लाग्यो । नभन्दै प्रमाणित भयो, उहाँ त्यो लाइनमा आउन सक्नुभएन । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस