१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटेली संस्कृतिको मौलिक पर्व गौरा

अ+ अ-

लेखक– तीर्थराज पाण्डेय

परिचय
गौरा पर्व डोटी समुदायमा परम्परादेखि चल्दै आएको नारीप्रधान मौलिक पर्व हो । यस पर्वलाई यो क्षेत्रमा दसैँभन्दा पनि बढी महत्व दिएर प्राचीन कालदेखि मनाइँदै आएको पाइन्छ । यस पर्वको कहिले, कहाँ र कसबाट मनाउन सुरु गरियो भन्ने खासै तत्वगत प्रमाण भेटिएका छैनन् तर पनि श्रीमद्देवी भागवत र पुराणमा गौराष्टमीको विषयमा उल्लेख भएको आधारमा गौरा पर्वलाई पौराणिक पर्वका रूपमा पनि मान्न सकिन्छ । गौराष्टमीको विषयमा श्रीमद्देवी भागवत पुराणमा भविष्य पुराण र स्कन्द पुराणको मानस खण्डमा वर्णन गरिएको कुरा देखिन्छ ।

स्कन्द पुराणको मानसखण्डमा उल्लेख भए अनुसार कैलाश पर्वतको राजा हिमालयकी छोरी गौरीले महादेव पति पाउँ भनी बाह्र वर्षसम्म कठोर तपस्या बसेकोले महादेव खुसी भई दर्शन दिई गौरी र शिवको विवाह भएको दिनदेखि नै सम्पूर्ण नारीले गौरी र महादेवको पूजाआजा गरी शिव पार्वतीको आराधना गर्ने र मनको चिताएको वर माग्ने प्रचलनका साथमा गौरा पर्व मनाइँदै आएको मान्न सकिन्छ ।

प्राचीन हैहयवंशी राजा मध्येका राजा सहस्त्रार्जुनले भृगुवंही ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राममणलाई मारी दिएपछि विधवा भएकी ब्रहमणीले आफ्नो सतित्व रक्षार्थ पार्वती वा गौरीको निराहारका साथ उपवास बसी कठोर तपस्याको परिणाम स्वरूप एक जना ब्राहमणीले तेजिलो पुत्र जन्म दिइन । सोही पुत्रको तेजले अन्धा हुन पुगेका राजाले ती ब्राहमणी र सितनका पुत्रसँग माफी माग्न पुगेका कारण सोही दिनदेखि ती सम्पूर्ण ब्राहमणी हरेक वर्ष भदौ शुक्लपक्षमा गौरा महहेश्वरको पुजा आराधना गर्ने परम्पराको सुरुआत भएको मानिन्छ ।

गौरा नामाकरण
हिमालय पुत्री पार्वतीको अर्को नाम गौरी भएको र हाम्रो समाजमा परम्परादेखि गौरीलाई गौरा वा गमरा वा शुद्ध डोटेली भाषामा गोरा भन्ने गरेको कारण यस पर्वको नाम परापूर्वकालदेखि नै गौरा पर्वको नामले यस क्षेत्रमा धुमधामका साथ मनाउने गरिएको छ ।

गौराको क्षेत्र
गौरा पर्व भारतको कुमाउँ गडवालमा समेत मनाइने यो पर्व सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, बझाङ, बाजुरामा विशेष गरी मनाइने पर्वका रूपमा चिनिन्थ्यो तर ती पहाडी जिल्लाका मानिस खेतीपाती, रोजगारीको खोजीमा तराईँमा सरेसँगै १५/२० वर्ष अघिदेखि हालसम्म कैलाली, राजधानी र कञ्चनपुरमा हुदै विदेशमा पनि  धुमधाम र तामझामका साथ यो पर्व मनाइने गरेको छ ।

गौरामा के गरिन्छ ?
गौरा पर्व भदौ शुक्ल पूर्णिमादेखि अष्टमीसम्म विधिविधानका साथ पुजाआजा गरी मनाइन्छ खास गरेर पञ्चमी (बिरुडा पञ्चमी) देखि गौराष्टमीसम्म मनाउने चलन छ । तर तलका यी फागका हरफले भने तृतियादेखि गौरा पर्वको माहोल सुरु हुने जनाउँछ ।

‘तृतियैका दिन इजु बिरुडी खोजेया
चौथींका दिन इजु बिरुडी निकेया
पञ्चमीका दिन इजु बिरुडी भिजाया
षष्टमीका दिन इजु बिरुडी धोएया
सप्तमीका दिन इजु म माइत बोलाया’

गौरा पर्वमा बिरुडालाई पवित्र अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । पञ्चमीको दिन महिलाहरु सार्वजनिक धारा वा पधेरामा गई तामाको भाँडोमा ‘बिरुडा’ (पाँच अन्न)लाई भिजाउँछन् । भोलिपल्ट भिजाएका बिरुडा धोइन्छ । सप्तमीमा धानको खेतबाट साँवाको बोट र बलबो सहित सञ्जा गौरा ल्याएर त्यस घाँसलाई मिलाएर एक दुन्दर देविको रुपमा पहिरन र गहना समेतले सिंगारपटार गरी विविविधानका साथ विरुडाले पुजन गरी आफन्त कहाँ प्रसादको रुपमा पठाउने काम गरिन्छ ।

अष्टमीको दिन फेरि खेलबाटै पुन गौरा ल्याइन्छिन् जसलाई लोली गौरा भनिन्छ । अष्टमीको दिन सञ्जा गौरा र लोली गौरा दुवै मिलाएर एउटै सुन्दर देवी रूप बनाएर पूजाआजा गरिन्छ । शुभ मुहुर्तमा नजिकको मन्दिर वरपीपलको चौतारा वा जलाशय नजिक गौरालाई बिसर्जन (सेलाउने) गरिन्छ । यो पर्व महिला र फाग प्रधान पर्व हो ।

पर्वको महत्व
धार्मिक महत्व :
यस पर्वमा गौरा अर्थात पार्वती र महेश्वर अर्थात महादेवको पूजा गरिन्छ । महिला स्नान गरी, शुद्ध पवित्र र नयाँ वस्त्र लगाएर शिव पार्वतीको पूजा आजा गर्छन् । महिलाहरु परिवारका सदस्यको सुस्वास्थ्य तथा दीर्घायुको कामनाका लागि व्रत बस्छन् । त्यसकारण यस पर्वको माध्यमले देवाधिदेव महादेव र गौरीको पुजा आराधना गरेर आफ्नो आत्मालाई परमात्मासँग जोड्ने एक माध्यम गौरा पर्व भएकोले यसको ठूलो धार्मिक महत्व छ ।

सामाजिक र सांस्कृतिक महत्व :
गौरा पर्व सुदूरपश्चिम र मध्यपश्चिम अर्थात काली कर्णालीको मौलिक चाडपर्व हो । खास गरेर हाम्रो डोटी क्षेत्रको सांस्कृतिक सम्पदा हो । यसलाई मेलमिलापको पर्व, माया प्रेम र सद्भावको पर्व पनि भन्न सकिन्छ । गौरामा शिव र पार्वतीलाई मुख्य पात्र बनाएर हाम्रो समाजमा घट्ने घटनासँग जोडेर एउटा समाजको संस्कृति झल्काउने खालको पर्व बनाइएको छ ।

यहाँ सञ्जा गौराले जेठी सौताको रूपमा भूमिका खेलेको छ । पछि शिवको गौरीसँग प्रेम हुन्छ, जुन प्रेमका कारण सञ्जासँग शिवको झगडा मनमुटाव र छोरो गणेशलाई पनि माया नगर्ने सञ्चालाई काली, कुरूप, नराम्री भनेर शिवजीले नानाथरी दुःख दिन्छन् । अन्तमा गौरी अर्थात लोलीलाई घरमै कान्छी सौताका रूपमा भित्र्याउँछन् । जसलाई गौरापर्वमा सञ्जा र लोली गौरा दुवैलाई मिलाएर आफ्नो नयाँ परिवारिक जीवन बिताउने सहमति भएर एक आपसमा नाँचखेल गरेर खुसियाली मनाउँछन् जुन हाम्रो समाजमा पनि लोग्नेले जति विवाह गरेपनि अन्त्यमा आएर मेलमिलाप गरेर घरको उन्नति र समृद्धितिर लाग्ने बाध्यता हुन्छ । त्यसकारण यस पर्वलाई मेलमिलापको पर्व पनि भन्न सकिन्छ ।

साउनमा धान रोपेपछि अधिकांश किसान फुर्सदमा हुने भएकाले आफन्तसँग भेटघाट सुख दुःख र खेलमाल गरी आफ्ना दुःखहरु बिर्साउने पर्वका रूपमा पनि मान्न सकिन्छ । यस पर्वको माध्यमबाट स्थानीय पहिरन, संस्कृतिको संरक्षण हुने भएकाले यसको सांस्कृतिक महत्व पनि छ ।

सामाजिक महत्व अन्तरगत गौरामहेश्वरको विवाह पश्चात महेश्वर र गौराको सम्वादलाई फागको माध्यमबाट व्रतालु महिलाहरू गौरा र महेश्वरलाई शिरमा राखेर नाच्ने गर्छन् ।

नाच नाच लोली गोराऊ तमरो कैसो नाच।
नाच नाच महेश्वरौ तमरो कैसो नाच।।

नाच नाच लोली गोराऊ तमै बटी नाच।
नाच नाच महेश्वरौ तमै बटी नाच।।

लुड़की नाचिन लोली गोरा पुड़की बज्या ढोल।
नाच नाच लोली गोराऊ तमै बटी नाच।।

आर्थिक महत्व : 
गौरा पर्वलाई सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ र डोटीमा दसैँ तिहारभन्दा पनि बढी महत्व दिने गरिन्छ । आर्थिक अवस्था अति कमजोर भएका परिवारले पनि बालक, युवा र बुढा सबैका लागि जसरी भए पनि नयाँ लुगा लगाएर खुसीयालीसँगै धुमधामसँग यो पर्व मनाउने गरिएको छ । दार्चुला र बैतडीमा त झन् बढी महत्वको साथ मनाउने गरिन्छ । यस क्षेत्रमा गौरा पर्वमा मेला लाग्ने गरेका छन् । कपडा, गरगहना तथा स्थानीय उत्पादनको पनि खरिद बिक्री बढ्न गई यस क्षेत्रको आर्थिक उन्नतिमा पनि ठूलो महत्व छ ।

(लेखक आदर्श सेवा समाज कैलालीका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस