३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार र राहत कार्यमा जुट्न मानव अधिकार आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन सावधानी अपनाउँदै उद्धार र राहत कार्यमा अविलम्ब जुट्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा जोखिममा परेका सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको आवश्यकताअनुसार खोज, उद्धार र राहत कार्यमा लाग्न सरकार तथा सरोकार भएका पक्षलाई आग्रह गरिएको छ ।

अहिलेसम्म विपद्बाट विभिन्न जिल्लामा ६४ जनाको मृत्यु भएका, ४४ जना घाइते भएका, ३६ जना बेपत्ता भएका, करिब १९ हजार घरपरिवार विस्थापित भएका, ७२८ घर पूर्णरुपमा क्षति भएका तथा दुई हजार १५३ घर आंशिक क्षति भएकामा आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।

हजारौँ प्रभावित व्यक्ति राहत र उद्धारको पर्खाइमा रहेको पाएको जनाउँदै आयोगले विपद् व्यवस्थापन र मानवीय सहायतामा खट्ने नेपाल सरकार, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई तत्काल प्रभावकारी कदम चालेर प्राकृतिक विपद्बाट प्रभावित व्यक्तिको उद्धार र राहत कार्य तत्काल जुट्न विशेष आग्रह गरेको छ ।

प्राकृतिक विपद्पछि देखापर्नसक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट बच्न चिकित्सकको अस्थायी टोलीको तत्काल व्यवस्था गर्न र बाढीपहिराका कारण आउनसक्ने खतराबारे नियमितरूपमा नागरिकलाई सूचना प्रवाह गर्न पनि आयोगले सरकारको ध्यान आकृष्ट गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस