विजयराज शर्माको ‘भास’ सार्वजनिक « प्रशासन
prasaLogo
२१ श्रावण २०७४, शनिबार

विजयराज शर्माको ‘भास’ सार्वजनिक


प्रकाशित मिति : 5 August, 2017 7:31 pm

काठमाडौँ । उपन्यासकार विजयराज शर्माद्वारा लिखित उपन्यास ‘भास’ सार्वजनिक भएको छ ।

आख्यानकारद्वय नयनराज पाण्डे, निलम कार्की ‘निहारिका), राधेश्याम लेकालीले उपन्यासको संयुक्त लोकार्पण गरेका हुन् ।

‘उपन्यासको प्रमुख पात्र परिस्थितिले जेलिएर, सारा गुमाएर विदेशमा भासिएको छ । उसको शरीर मात्र अमेरिकामा छ हरतरहले मन जन्मभूमितिर तानिइरहन्छ, ऊ सधैँ नोस्टाल्डिक भइरहन्छ । यसले मातृभूमिप्रतिको उनको जिम्मेवारीबोध दर्शाउँछ ।’ – आख्यानकार नयनराज पाण्डेले भने ।

अर्का वक्ता तथा आख्यानकार निलम कार्की ‘निहारिकाले भनिन्, ‘यस उपन्यासमा कतिपय अवस्थामा म आफैँ छु जस्तो लाग्यो । यसमा सांस्कृतिक र सामाजिकरुपले प्रवासिनुपर्दाका बाध्यताको चित्रण गरिएको छ । पुँजीवाद र अर्थतन्त्रको प्रभावस्वरुप अहिलेको नेपाली समाजमा हरेक घरबाट मान्छे विदेसिनु सामान्यजस्तै भइसकेको छ । शर्माजीको भासले यसको सामाजिक र राजनीतिक समाधान खोजिनुपर्छ भन्ने आग्रह राख्छ ।’

‘साढे दुई दशकदेखि कोलोराडोमा बस्नु भएका विजयराज शर्मा अर्थशास्त्रका प्राध्यापक हुन् । उनले ‘भास’ उपन्यासमा विदेश बसाइको मनोदशा, बोलीचाली र प्रतिक्रियालाई जस्ताकोतस्तै उतारिउको छ । यो किताबलाई त्यहीँका स्थानीयबासीले पनि पढ्नसक्ने भाषामा अनुवाद गर्नुपर्ने जरुरी देखेको अर्का वक्ता राधेश्याम लेकालीले बताए ।

शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको मुल्य रु. २९५ रहेको छ ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस