२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबका चुनावमा एमाले पहिलो बन्छः नेता खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रिय अखण्डता र जनताको सार्वभौमताका लागि आफ्नो पार्टीले लिएको दूरदर्शीताका कारणले स्थानीय तह, प्रादेशिक र केन्द्रीय चुनावमा पहिलो स्थान कायम गर्ने बताएका छन् ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपालद्वारा आइतबार आयोजित कार्यक्रममा नेता खनालले समाजवादतर्फ उन्मुख संविधान निर्माण तथा संविधान कार्यान्वयनका क्रममा एमालेले देखाएको दृढताले गर्दा जनताले पार्टीको सही मूल्याङ्कन गर्ने बताए ।

जनताको लामो संघर्षपछि मुलुकमा प्राप्त भएको लोकतन्त्र र संविधानसभाबाट बनेको संविधान अग्रगामी रहेको बताउँदै उनले मुलुकमा कानुनी राज्य र विधिको शासन कायम गर्न प्रगतिशील कानुन व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री खनालले ऋषिमुनीको तपोभूमि र शान्ति भूमि नेपाल विश्व संस्कृतिको उद्भवस्थल रहेको बताउँदै हाम्रा प्राचीन मूल्य मान्यता तथा सांस्कृतिक धरोहरको संरक्षण गर्नुपर्ने औँल्याए ।

एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले नेपाली संस्कृतिमा रहेका विभिन्न परम्पराले प्रकृतिसँग हाम्रो सम्बन्धलाई आत्मसात् गर्न विशेष महत्व राखेको बताए ।

आयोजक संस्थाका अध्यक्ष रुद्र नेपालले पेशागत कानुन व्यवसायीको हक हित तथा अधिकारलाई संरक्षण गर्न आफ्नो संस्था क्रियाशील रहेको उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस