२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रहरीको जाँचले ढुवानी प्रभावित

अ+ अ-

लुम्बिनी । भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ ।

भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई जाँच गर्न थालेपछि यात्रुलाई सास्ती हुन थालेको छ । एसएसबीले दशगजासम्म आई जाच गर्ने गरेको छ ।

भारतीय पक्षको जाँचले सुनौली नाकाबाट हुने आयात निर्यात प्रक्रिया प्रभावित भएको भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भूपालराज शाक्यले बताए । नेपालतर्फ सामान लिएर आउने गाडी आउन सकेको छैन । सामान्य अवस्थामा सरदर तीन सयदेखि चार सय मालबाहक ट्रक भित्रिने गरेकामा हाल दैनिक करिब १०० देखि १५० मालबाहक गाडी मात्र भित्रिने गरेको छ ।

भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै सीमामा जाँचमा कडाइ गरिएको जनाएको छ । आउँदै गरेको भारतीय स्वतन्त्रता दिवस (१५ अगस्त) र भारत–चीन विवादका कारण जाँचमा कडाइ गरिएको बताइन्छ । भारतीय सुरक्षाकर्मीले सुनौलीसँगै अन्य सीमा नाकामा समेत निगरानी बढाएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सीमावर्ती क्षेत्र सुनौलीमा ढुवानी प्रक्रिया प्रभावित हुने गरी गरिएको जाँचका विषयमा भारतीय पक्षसँग छलफल भइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस