२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन नबन्दा प्रदेश लोकसेवा आयोग अन्योलमा

अ+ अ-

काठमाडौँ । संघीय संरचना ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल नै रहेको छ ।

संविधानले प्रत्येक प्रदेशमा प्रदेश लोकसेवाको परिकल्पना गरेपनि गठनबारे नियम, कानुन नहुँदा अन्योल भएको हो ।

प्रदेश निर्वाचन नहुँदासम्म आयोगको गठन प्रक्रिया अन्योल रहेको लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मीले जानकारी गराए ।

उनले आयोगको गठन, काम, कर्तव्य र अधिकार संविधानमा नै प्रदेश कानुनबमोजिम हुने भनेपछि अहिल्यै गठन गर्न नसकिने बताए ।

“आयोगको गठन प्रक्रिया के हो भनेर संविधानमा स्पष्ट व्यवस्था छैन”, उनले थपे–“प्रदेशको निर्वाचन भएपछि मात्र आयोग गठनको प्रक्रिया शुरु हुन्छ ।”

संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा लोकसेवा आयोग हुने व्यवस्था उल्लेख गरिएको छ ।

लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको परीक्षा लिन पाउने भने तापनि कसरी लिने भन्ने पनि कहीँ स्पष्ट उल्लेख गरिएको छैन ।

प्रदेश आयोगलाई संवैधानिक अंगका रुपमा मान्यता दिनुपर्ने भन्दै उनले भने–“यदि संविधानकै अंग बनाइएन भने प्रदेश आयोग स्वच्छ, मर्यादित बन्न सक्दैन ।”

यसैगरी लोकसेवा आयोगले संघीय निजामती कर्मचारीको भर्ना र परीक्षाका लागि प्रत्येक प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने भएको छ ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले संघीय निजामती कर्मचारीका लागि सातवटै प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने बताए ।

उनका अनुसार प्रदेश राजधानी भएका ठाउँमा आयोगको प्रदेश कार्यालय रहने छ । अहिले भएका क्षेत्रीय र अञ्चल कार्यालयलाई नै प्रदेश कार्यालय बनाउने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस