२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगको मतगणनामा सहयोग पुर्याउन आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मतगणना कार्यलाई छिटो सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा सम्बद्ध सबै सरोकारवालासँग पुनः आग्रह गरेको छ ।

दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा छिटो उपलब्ध गराउन राजनीतिक दल तथा उम्मेदवारको समन्वयमा आवश्यक मतगणना टोली गठन गरी मतगणनाको काममा तीव्रता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको पनि आयोगले जनाएको छ ।

बझाङको काँडा र मस्टा गाउँपालिका, बाजुराको पाण्डवगुफा गाउँपालिका, सङ्खुवासभाको चिचिला र सिलिचोङ गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थानीय तहको परिणाम प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको एक÷एक तथा अछामको दुई स्थानीय तह बाहेक सबै स्थानीय तहको मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ ।

ताप्लेजुङको एक स्थानमा मतपेटिका आउन बाँकी रहेको र अन्य जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाइ भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाउँपालिका वडा नं. १ र बझाङको जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा आज बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस