२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशलाई कदापि बिखण्डन हुन दिँदैनौँ प्रधानसेनापति

अ+ अ-

काठमाडौँ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पु¥याउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालाई सोमबार सम्मान गरिएको छ ।

रुक्माङ्गत कटवाल ट्रस्टले यस वर्षको वसन्त ऋतुमा पृथ्वीनारायणको तस्बिर, राष्ट्रिय झन्डा तथा नेपाली सेनाको झन्डा सगरमाथामा पुर्याएबापत आरोही शेर्पालाई सम्मान गरेको हो । ट्रस्टका तर्फबाट सम्मान गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले चुनौतीपूर्ण आरोहणको कीर्तिमानबाट नेपाललाई विश्वमा पहिचान गराउने आरोहीको महत्वपूर्ण भूमिकाको सराहना गरे ।

प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणले मुलुकलाई एकताको सूत्रमा बाँधे जस्तै नेपाली सेनालाई पनि संविधानले नै राष्ट्रिय एकता, सुरक्षा गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै सेनाले कदापि बिखण्डन हुन नदिने दृढता व्यक्त गरे ।

पूर्वप्रधानसेनापति एवम् ट्रस्टका अध्यक्ष रुक्माङ्गत कटवालले नेपालको स्वतन्त्रता र अविभाज्यतालाई सूर्यचन्द्र रहेसम्म कायम गर्न सबै नागरिक लाग्नुपर्नेमा जोड दिए ।

सम्मानित आरोही शेर्पाले सगरमाथा आरोहणलाई व्यवस्थित गरी आरोहीको जीवन निर्वाह गर्ने आधार तय गर्न सरकारसमक्ष आग्रह गरे । शेर्पा सेफर्डस प्रालिका तर्फबाट शेर्पाले गत जेठ ६ गते सगरमाथाको चुचुरामा पुगेर तस्बिर झन्डा फहराएका थिए । उनले यससहित १६ पटक आरोहण गरिसकेका छन् ।

कार्यक्रममा हिउँचितुवाका नामले विश्वभर परिचित १० पटकसम्म बिनाअक्सिजन सगरमाथाको सफल आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही आङ्रिता शेर्पालाई गिनिज बुक अफल वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी प्रथम गुरुङ महिला सगरमाथा आरोही माया गुरुङ, प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छी माया तामाङलगायत आरोहीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै साहसिक पर्वतारोहण गरी नेपालको नाम विश्वसामु चिनाउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा र शेर्पा सेफेर्डस प्रालिलाई ट्रस्ट एवम् नेपाली सेनाका तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । ‘हिउँचितुवा’ आङ्रिता शेर्पा, २१ पटकसम्म सगरमाथा चढ्ने कीर्तिमानी कामीरिता शेर्पालगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस