२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रराष्ट्रमन्त्री महरासँग अल्जेरियाली राजदूतको भेट

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अल्जेरियाका गैरआवासीय राजदूत हाम्जा याहिया चेरिफले शुक्रबार
शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको उक्त भेटका अवसरमा अल्जेरियाली राजदूत चेरिफले आफ्ना नागरिकलाई निःशुल्क स्वदेश फर्कने अनुमति दिएकामा अल्जेरिया सरकारको तर्फबाट नेपाल सरकारलाई धन्यवाद दिए ।

राष्ट्रियता नखुलेका कारण अल्जेरियाली नागरिक अब्देल कादेर इब्राहिम अजुज विगत १६ वर्षदेखि नेपालमा शरणार्थीका रुपमा बस्दै आएका थिए ।

उनको राष्ट्रियता खुलेसँगै अल्जेरियाली सरकारले स्वदेश फर्काइदिन नयाँ दिल्लीस्थित अल्जेरियाली दूतावासमार्फत नेपाल सरकारलाई अनुरोध गरेको थियो । नेपाल सरकारले प्रवेशाज्ञा र जरिवानाबापत लाग्ने शुल्क मिनाहा गरी उनलाई स्वदेश फर्कन अनुमति दिएको हो ।

परराष्ट्रमन्त्री महराले सन् २०१८ देखि २०२० को अवधिका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलको सदस्य पदमा नेपालले उम्मेदवारी दिएको जानकारी दिँदै त्यसमा समर्थन जनाइदिन राजदूत चेरिफमार्फत अल्जेरियाली सरकारसँग आग्रह गरेका थिए ।

सो अवसरमा अरब क्षेत्रमा देखिएको वर्तमान गतिरोधका विषयमा समेत छलफल भएको थियोे । रासस

प्रतिक्रिया दिनुहोस