२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छः पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नं. २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले सो निर्णय गरेको आरोप लगाउँदै त्यसको विरोधमा जनस्तरमा झन्डाफोर गरिने बताएका हुन् ।

उनले एमालेले संविधानमा व्यवस्था भएअनुसार आगामी माघ ७ गतेभित्र सबै तहका निर्वाचन सम्पन्न हुनुपर्नेमा दिएको निरन्तर दबाबको परिणामले सरकार निर्वाचनमा जान बाध्य भए जिकिर गर्दै किस्ताबन्दीमा निर्वाचन गरेर अन्य तहका निर्वाचन समयमा नगरी संसद्को आयु लम्ब्याउने वा त्यस्ता संस्था भङ्ग गर्ने मनसायले यस्ता प्रयास भएका त होइनन् भन्ने शङ्का पैदा भएको बताए ।

“निर्वाचनको तयारीमा जानुपर्ने समयमा अप्रासङ्गिक सिलसिलाबाट संविधान संशोधनको कुरा ल्याइयो । निर्वाचन आयोगले मिति सार्न मिल्दैन र सुरक्षाको प्रबन्ध छ भन्दाभन्दै सरकारले गरेको यो निर्णयले अन्ततः राजपामा पनि सन्तुष्ट देखिँदैन । हाम्रो पार्टीसँग त परामर्श नै गरिएन”, उनले भने । एक प्रसङ्गमा उहाँले विराटनगर महानगरपालिकामा एमालेले प्रमुखमा मात्र उम्मेदवारी दिएको बताउँदै त्यहाँ अन्य पक्षसँग तालमेल हुन सक्ने जनाए ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले निर्वाचनका समयमा चौतारीले नियमित अन्तरसंवाद गर्ने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस