२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आयल निगम मासिक ३४ करोड नाफामा

अ+ अ-

काठमाडौँ । नेपाल आयाल निगमले मासिक ३४ करोड नाफा कमाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ सालमा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा शुक्रबार आयोजित कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पेसागत इमान्दारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता भएमात्र आयल निगम अगाडि बढ्ने बताए । उनले भने– “कुनै पनि संस्था अगाडि बढाउने वा तल लैजाने भन्ने कुरा कर्मचारीको हातमा नै हुन्छ ।”

पूर्व उद्योगमन्त्रीसमेत रहनुभएका जोशीले स्वदेशमा रोजगार सिर्जना गर्ने हो भने राज्यले उद्योग क्षेत्रको विकास गर्नुपर्ने बताए । “देशको विकास गर्ने हो भने उद्योग क्षेत्रको विकास हुनु जरुरी छ”– उनले भने ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले लामो इतिहास बोकेको आयल निगमले गुणस्तरीय सेवा दिनुपर्ने बताए । उनले भने– “देशको अर्थतन्त्रमा आयल निगमको महत्वपूर्ण योगदान रहेको छ अझ यसलाई अगाडि बढाउनुपर्छ ।”

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक ४० अर्ब राजस्व तिर्न सफल भएको बताए ।

युनियनका अध्यक्ष प्रदीपमान बसी, नेपाल आयाल निगम कर्मचारी सङ्घका अध्यक्ष देवीप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कोषाध्यक्ष बाबुराम झुला, कार्यबाहक महासचिव सन्दीप बराललगायतले कर्मचारीका कारण आयल निगम फाइदामा गएको भन्दै कर्मचारीलाई बोनसको व्यवस्था गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस