१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा साङ्गठनिक रुपमा तयार रहन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्नेमा बताएका छन् ।

प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

उनले चेन अफ कमाण्ड’लाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै प्रहरीको वृत्ति विकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायत विषयमा क्रमिकरुपमा सुधार गर्न आफू तयार रहेको बताए ।

सशक्त जनशक्ति, राजनीतिक स्थिरता र इच्छा शक्ति भएमा राष्ट्र समृद्ध र विकसित हुने तथा यसबाट शान्ति सुरक्षामा पनि सुधार आउने चर्चा गर्दै गृहमन्त्री शर्माले यसका लागि सुरक्षाको क्षेत्रमा जनतालाई सहभागी गराइनुपर्ने बताए।

अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने घटना, प्रतिआतङ्कवाद जस्ता घटनामा समेत जनताको सहयोग र सहभागिता गराउन सकेमा अझै बढी सफलता हासिल हुने उहाँले उल्लेख गरे ।

संविधानअनुसार प्रहरीको प्रादेशिक र सङ्घीय संरचनाबारे सरकारको ध्यान गएको उल्लेख गर्दै उनले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा साङ्गठनिक रुपमा तयार हुनुपर्ने धारणा राखे ।

सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गर्नुको साथै यसको मर्म र भावनालाई कार्य सम्पादनमा अक्षरशः पालना गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निरीक्षणका क्रममा गृहमन्त्री शर्माले कमाण्ड सेन्टरबाट ‘भिडियो कन्फ्रेरेन्स’मार्फत क्षेत्रीय प्रहरी प्रमुखसँग कुराकानी गर्दै पहिलो चरणको निर्वाचन सम्पन्न गर्न प्रहरी महानिरीक्षकलगायत प्रहरी जवानसम्मका प्रहरी कर्मचारीले खेलेको भूमिका सरहानीय रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस