भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश


प्रशासन विशेष ब्युरो

२१ जेष्ठ २०७४, आइतबार


चितवन । भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका नाममा आदेश दिएको छ ।

वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका उपेन्द्रराज सापकोटा सात मतअन्तरले पराजित भएका थिए भने वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए ।

वडा नं ४ मा नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद आचार्य र वडा नं ७ बाट सोही पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित भएका थिए । कम मतले पराजित भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्धा दायर गरेका थिए ।

ती दुवै मुद्धामाथि अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ६१ बमोजिम आज अन्तरकालीन आदेश जारी गरेको हो । आदेशमा विपक्षीबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस