पशु वली अन्त्यका लागि सचेतना कार्यक्रम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पशु वली अन्त्यका लागि सचेतना कार्यक्रम


प्रशासन विशेष ब्युरो

२१ जेष्ठ २०७४, आइतबार


काठमाडौं । बली प्रथा अन्त्यको अभियान चलाउदै आएको अहिँसाप्रेमी साकाहारी समाजले दक्षीणकाली मन्दीर परीसरमा सचेतना कार्यक्रम गरेको छ ।

धर्मको नाममा मन्दिरमा हुने पशु बली कु प्रथा भएकोले यसको अन्त्य गर्नुपर्ने बताउँदै समाजका उपाध्यक्ष दुर्गानाथ दाहालले भने- ‘देवी भनेकी आमा हुन्, आमाले बली खाँदिनन्।’

पृथ्बी सबैको साझा घर हो । यहाँ सबैलाई बाँच्न पाउने अधिकार छ अधिकारकर्मी समेत रहेका दाहाल भन्छन् -“बुद्ध जन्मेको देशमा रगत बगाउनु त अझ नसुहाउने कुरा हो ।”

दुई वर्ष अघि दक्षिणकाली मन्दिरबाट सुरु भएको यो अभियान देशभरि पुगेको र बली प्रथामा धेरै कमि आएको उनको भनाइ छ ।

अहिँसाप्रेमी साकाहारी समाजले धर्म, संस्कृतीका नामा बली प्रथाको रुपमा रहेको अन्धविश्वास हटाउनु पर्ने माग राख्दै राजधानी लगाएत देशका बिभिन्न मन्दिरहरुमा पशुवली रोक्न जनचेतना जगाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस