२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजनाबद्ध तरिकाले भरतपुरमा मतपत्र च्यातियो– अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा योजनाबद्ध तरिकाले मतपत्र च्यातिएको आरोप लगाएका छन् ।

नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको काठमाडौँबाट स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयी सभालाई मंगलबार
भृकुटीमण्डपमा सम्वोद्धन गर्दै उनले सो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने, “आफूले हार्ने भएपछि योजनाबद्ध रुपमा वाइसिएल लगाएर मतपत्र च्यातिएको हो, त्यहाँ फेरि निर्वाचन गराउन सम्भव छैन ।”

मुस्लिम धर्मावलम्बीको इदउल–फित्र पर्वका अवसरमा आगामी असार ९ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन एमालेलाई मान्य नहुने उल्लेख गर्दै उनले “विशेष पर्व, बर्खाको समय, मतदाता कसरी मतदानस्थलसम्म जाने ? पानीमा मतपत्रको सुरक्षा कसरी गर्ने ? भनी प्रश्न गरे । ”

अध्यक्ष ओलीले एमालेलाई सरकारको हतारो नभएको र तीन वटै निकायको निर्वाचन सम्पन्न भएपछि मात्र यसवारे सोच्न सक्ने बताउँदै सरकारले प्रदान गर्ने तक्मा र विभूषणलाई पनि अपमान गर्ने कार्य गरेको आरोप लगाए ।

नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएर अवकाश लिनुपर्ने अवस्थाको सिर्जना गर्नु ज्यादै दुःखद कुरा हो, उनले भने ।

अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकामा राम्रो काम गर्ने समूह आएको र यसले पाँच वर्षसम्म भ्रष्टाचारको छिटासमेत नलाग्ने गरी सिङ्गो महानगरको विकास र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले निर्वाचन जितेपछि ठूलो जिम्मेवारी महसुस भएको उल्लेख गर्दै आफूले मतदाताको विश्वास नगुमाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोल्ने बेला नभई काम गरेर देखाउने बेला भएको भन्दै उनले काठमाडौँलाई हेर्न मात्र हैन, बस्न लायक सुन्दर सहर बनाउने सङ्ल्कप गरे ।

यसअघि बाजागाजासहित काठमाडौँको न्युरोडगेटबाट सुरु भएको विजय र्याली रत्नपार्क हुँदै भृकुटीमण्डपमा आएर विजयसभामा परिणत भयो । रासस

प्रतिक्रिया दिनुहोस