२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीस दिनदेखि वृद्ध बेपत्ता

अ+ अ-

गौशाला । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ डाम्हीमडै बस्ने एक वृद्ध २० दिनदेखि बेपत्ता भएका छन् ।

वैशाख २५ गते भतिजीको बिहे हेर्न घरबाट धनुषाको जनकपुरधामस्थित मसालाकटेजमा गएका ७० वर्षीय महेन्द्र ठाकुर बिहे कार्यक्रमबाटै अचानक हराएका छन् ।

भतिजीको बिहे चलिरहेकै बेला राति ३ बजेतिर वृद्ध ठाकुरले विवाहस्थलको छेउमै रहेको गाउँले छिमेकीको घरमा सुत्न भनी गएकोमा उनी हालसम्म फेला नपरेको निजका भतिजा अनिल ठाकुरले बताए ।

बिहेको भोलिपल्ट बिहानै उनको खोजी हुँदा उनी छिमेकीको घरमा नपुगेको सुनेपछि आफन्त सबैले खोजबिन गर्दा उनी जनकपुरको कुनै पनि ठाउँमा फेला नपरेको साथै गाउँमा समेत नआएपछि उनलाई खोज्न स–परिवार, आफन्त सोही दिनदेखि चिन्तित भएको उनका नाति सन्तोष ठाकुरले बताए ।

बीस दिनदेखि उनका घरका सबै सदस्य, छिमेकी, आफन्त सबैले उनलाई महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिन्धुली र भारतका सीतामढी, मधुबनी जिल्लाको प्रत्येक गाउँठाउँ पुगिसके पनि उनको कुनै अत्तोपत्तो नलागेको परिवारजनले बताएका छन् ।

वृद्ध ठाकुरका परिवारजनले महोत्तरीको सञ्चारकर्मी समक्ष उनी हराएकोबारे समाचार प्रकाशन प्रसारण गरेर उनको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस