१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते

अ+ अ-

नुवाकोट । तादी गाउँपालिका–४ सुन्दरादेवीमा गएराति मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नारायणदल गणको पोष्ट निर्माण गर्न कामदार र निर्माण सामग्री बोकेर उर्लेनी जाँदै गरेको बा३ख ६९६८ नं. को मिनीट्रक सुन्दरादेवीको बाघमारामा दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मिनीट्रक चालक सुन्दरादेवीका राजकुमार तामाङ, शिखरबेँसीका ई क्षीतिज पण्डित रहेका छन् ।

यस्तै, पोष्ट निर्माण गर्न जाजरकोटबाट आएका अनन्त विश्वकर्मा, इन्द्रबहादुर सुनार, डम्बरबहादुर सुनार, धनबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, कृष्ण सुनार र मानबहादुर सुनार रहेका छन् । घाइते मध्ये गाडी चालक तामाङ, पण्डित र जाजरकोटका डम्बरबहादुर र मानबहादुरको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

सैनिक पोष्ट बनाउन निर्माण सामाग्रि सहित १७ जना चढेर यात्रा गरिरहेको मिनीट्रक ब्रेकफेल भएर राती आठ बजे दुर्घटना भएको सहचालक प्रेम तामाङले बताए । दुर्घटनामा परेकालाई नेपाली सेनाले उद्धार गरी तीन घण्टा बोकेर सातबिसेसम्म ल्याएपछि मात्र एम्बुलेन्स मार्फत आज बिहान २ बजे उपचारको लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । रातको समय र पानी परिरहेकाले दुर्घटना स्थलसम्म अन्य सवारी जान नसक्दा उद्धारमा कठिनाई र ढिलाई भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस