२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धादिङको ज्वालामुखी गाउँपालिकामा काँग्रेस कार्यकर्तामाथि आक्रमण

अ+ अ-

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आइतवार
जिल्ला बन्द गरेको छ ।

गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका बेला नेकपा एमालेका कार्यकर्ताले घेरा हालेर अन्धाधुन्ध आक्रमण गर्दा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत स्थानीय दामोदर भट्ट, काँग्रेस जिल्ला सदस्य नरेन्द्र भट्ट, महासमिति सदस्य यमनाथ दनैलगायत काँग्रेसका एक दर्जनभन्दा कार्यकर्ता घाइते भएको विरोधमा नेविसङ्घ धादिङले अनिश्चितकालीन जिल्ला बन्द गरेको हो ।

बन्दका कारण जिल्लाभरका शैक्षिक संस्था बन्द छन् भने जिल्ला सदरमुकामका सबै उद्योगधन्दा, व्यापार व्यवसाय ठप्प भएको छ ।

पृथ्वी राजमार्गबाहेक अन्यत्र यातायात सञ्चालनमा आएका छैनन् । आइतबार १२ बजेसम्म दोषीलाई कारबाही नगरिए काँग्रेसले थप कार्यक्रम सार्वजनिक गर्ने नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमलाले बताए ।

बन्दमा अप्रिय घटना नहोस् भनी सदरमुकामका चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस