२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङको तीन गाउँपालिकामा प्रमुख चुनिए

अ+ अ-

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ ।

तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन् ।

सोमबार राति सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सीताराम शर्मा लामिछानेका अनुसार सुवर्णले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गरेका थिए । नाताले दुबै प्रतिस्पर्धी मामाभाञ्जा हुन् ।

एक हजार ७०० मतदाता रहेको लोमान्थाङमा एक हजार २६३ मत खसेको थियो । सो गाउँपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै कोसी पासाङ विजयी भए ।

घरपझोङ गाउँपालिकामा नेकपा एमालेका आशबहादुर थकाली विजयी भएका छन् । एक हजार ५६८ मतदातामध्ये एक हजार २५९ मत खसेको घरपझोङमा थकालीले ४५४ मत ल्याएर नेपाली काँग्रेसका विजय हिराचनलाई पराजित गरेका हुन् । हिराचनले ४१७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै शर्मिला गुरुङले ७०७ मत ल्याएर विजयी भए ।

एक हजार २७७ मतदातामध्ये ९९८ मत खसेको दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट (लोप्छाङ ह्याङ्सी गुरुङ) ७५५ मत ल्याएर विजयी भए । उनले नेपाली काँग्रेसका तेञ्जिङ गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २०३ मत प्राप्त गरे । उपप्रमुखमा भने नेकपा एमालेका ढोका गुरुङ ६०१ मत प्राप्त गरी विजयी भए । रासस

प्रतिक्रिया दिनुहोस