२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाताको गुनासो सुल्झाउँदै कल सेन्टर

अ+ अ-

काठमाडौँ । भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गरिन ।

उनको समस्यामा कल सेन्टरकी कम्प्युटर अपरेटर भावना बेल्वासले पुरानो परिचयपत्रबाट मतदान गर्न नपाइने भन्दै परिचयपत्र खुल्ने नागरिकता लिएर मतदानमा जान अनुरोध गरिन् ।

काठमाडौँकी नर्मदा बस्नेतले निर्वाचनको समयमा गाडी चल्छ कि चल्दैन भनेर कल सेन्टरमा सोधिन् । यस्तै सरिता र नर्मदा जस्तै अहिले कल सेन्टरको १६६००१४४२२२ नं. मा फोन गरी मतदाताले निर्वाचन सम्बन्धी जिज्ञासा राख्ने गरेका छन् ।

मतदाताले कल सेन्टरमा आफ्नो परिचयपत्र नभएको, मतदाता नामावलीमा नाम छुटेको, परिचयपत्र कहाँ पाइन्छ, मतदान गर्ने प्रक्रियालगायत समस्याबारे सोध्ने गरेका कल सेन्टरका संयोजक विशकसेन ढकालले बताए । उनका अनुसार अहिले दैनिका करिब ३०० जनाले निर्वाचनसम्बन्धी जिज्ञासा राख्ने गरेका छन् ।

बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म छजना अपरेटरले मतदाताले राखेका समस्याको जवाफ दिने गरेका छन् । मतदाताका समस्याको समाधान अपरेटरले तुरुन्त गर्न नसकेको अवस्थामा मतदातालाई फोनमार्फत जवाफ दिने गर्ने गरेका संयोजक ढकालले बताताए । उनका अनुसार सबभन्दा बढी मतदान गर्ने प्रक्रिया र मतदाता नामावलीका सम्बन्धमा मतदाताले जिज्ञासा राख्ने गरेका छन् ।

वैशाख १५ गतेबाट सञ्चालन भएको कल सेन्टरमा अहिलेसम्म करिब दुई हजार ४०० भन्दा बढी व्यक्तिले निर्वाचनसम्बन्धी जिज्ञासा राखेका छन् । ढकालले कल सेन्टर सुरु भएको एक हप्तासम्म निर्वाचन हुन्छ कि हुँदैन भनेर बढी सोध्ने गरेका बताए ।

पछिल्ला केही दिनमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको, सवारी साधनको पास पाइन्छ कि पाइँदैन भनेर फोन आउन थालेका छन् । “निर्वाचन उल्लङ्घन गरेका कुरा कल सेन्टरमा आउने गरेका छन्”, उनले भने– “सेन्टरले यस्ता कुरालाई आयोगको आचारसंहिता समितिमा लेखेर पठाउने गरेको छ ।”

अहिलेसम्म सर्वसाधारणले कल सेन्टरमा मतदाता शिक्षा ६३६, मतदाता नामावली ६५९, निर्वाचन प्रक्रिया ८४, आचारसंहिताका ६२, वेबसाइटका १८, सुरक्षासम्बन्धी पाँच र अन्य ३७७ वटा समस्याका राखेको ढकालले बताए । आयोगले असार ३ गतेसम्म कल सेन्टर सञ्चालन जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस