२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको संविधानमा रहेको समावेशिताको व्यवस्थाबाट अमेरिकाले सिक्न सक्ने

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्व सभामुख न्यान्सी पेलोसीसँग आइतबार भएको भेटमा नेपालको समसामयिक राजनीति, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रिया र यसको सफलता एवम् नयाँ संविधानको घोषणा र कार्यान्वयनका बारेमा जानकारी गराउका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटका क्रममा मन्त्री डा. महतले नेपालको संविधानमा गरिएको समावेशिता, मानवाधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासम्बन्धी प्रावधानको बारेमा प्रकाश पार्दै राज्यका हरेक अङ्गमा महिला एवम् जातीय समावेशिताबारे संविधानमा गरिएको व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

अमेरिकामा रहेका नेपालीका लागि अमेरिकी सरकारले प्रदान गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मन्त्री डा. महतले नेपालको आर्थिक, सामाजिक एवम् बृहत्तर क्षेत्रमा अमेरिकाले पुर्याउँदै आएको सहयोगप्रति अमेरिकी जनता र अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले भूकम्पपछिको उद्वार र राहत एवम् पुनःनिर्माणमा अमेरिकाको सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे ।

सो अवसरमा अमेरिकी नेत्री पेलोसीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवम् समावेशिताको व्यवस्थाको प्रशंसा गर्दै यसबाट अमेरिकाले पनि सिक्न सक्ने धारणा राखे ।

उनले नेपालमा जुनसुकै सरकार आए पनि अमेरिकाले पुर्याउँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास दिलाए ।

उनले नेपालले शान्ति प्रक्रियाको व्यवस्थापन, संविधान सभाबाट संविधानको निर्माण र सङ्क्रमणकालीन राजनीतिक व्यवस्थापनमा नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपालमा हुन लागेको निर्वाचनको सफलताको कामना गरे ।

भेटका क्रममा परराष्ट्र सचिव शङ्करदास वैरागी, नेत्री पेलोसीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभका दुवै पार्टीका सदस्यलगायत अन्य उच्चपदस्थ अधिकारी, अमेरिकाका लागि नेपाली राजदूत, नेपालका लागि अमेरिकी राजदूतलगायतको सहभागिता रहेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस