२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निष्पक्षतामा प्रश्न उठेकाले महाअभियोगः डा. कोइराला

अ+ अ-

ललितपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठेकाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनुपरेको बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले सोमबार कार्यालय सानेपामा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।

“हामीले चाहेको स्वतन्त्र र निष्पक्ष न्यायपालिका नै हो,” उनले भने– “यसैका लागि पार्टीका नेता गणले महाअभियोगको निर्णय गरेका हुन् ।”

पत्रकार सम्मेलनमा केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकले स्थानीय निर्वाचनका सम्बन्धमा पार्टीको तयारीका बारेमा प्रकाश पारे ।

संसद्मा हिजो दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगको प्रस्तावका बारेमा पत्रकारबाट सोधिएको प्रश्नको जवाफमा उनले नेपाली काँग्रेसले स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल न्यायपालिकाको पक्षमा रहेको र रहिरहने विश्वास व्यक्त गरे ।

केन्द्रीय सदस्य लेखकले नेपाली काँग्रेसले लोकतन्त्रका आधारभूत तत्वमा विश्वास गर्ने बताउँदै “स्वतन्त्रता, निष्पक्षता, मर्यादामा आधारित सबल न्यायापालिकाप्रतिको हाम्रो विश्वास अटल छ र हामी शक्ति पृथकीकरणको सिद्धान्तमा पनि उत्तिकै अडिक छौँ भने ।”

हाल संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव न्यायापालिकाविरुद्ध लक्षित नभएर न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल हुन नदिने एक न्यायाधीशविरुद्ध मात्र लक्षित भएको बताउँदै उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप निर्माण भएको हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको क्षेत्र र सीमा स्पष्ट किटान गरेको धारणा व्यक्त गरे ।

“यि तीन निकायमध्ये कसैले पनि कसैको अधिकार मिच्न हुँदैन भन्नेमा नेपाली काँग्रेस स्पष्ट छ” केन्द्रीय सदस्य लेखकले भने– “नेपालको संविधानको उल्लङ्घन, पदीय कर्तव्यको पालना नभएको, निर्वाचन आचारसंहिताकोसमेत पालनामा असर पारेको, कार्य क्षमताको अभाव आदिका कारणले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याउन परेको हो ।”
केन्द्रीय सदस्य लेखकले “लोकतन्त्रको आधार नै न्यायापालिकामाथिको नागरिकको विश्वास हो तर प्रधानन्यायाधीश कार्कीको कामकारबाहीले गुटबन्दी बढाउने, न्यायालयप्रतिको आस्था घटाउने अवस्था सिर्जना गरेकाले अदालतलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल बनाएर जनआस्था अभिवृद्धि गर्न महाअभियोग ल्याउनु परेको हो,” भन्दै न्यायमूर्तिले सत्यतथ्य, कानुनी आधारलाई छोडेर आवेग, प्रतिशोध र लहडका भरमा न्याय सम्पादन गर्न नहुने प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाअभियोग प्रस्ताव संसद्मा विचाराधीन भएकाले संसद्बाटै टुङ्गो लगाइने बताए ।

कार्यक्रममा पार्टीका नेता पूर्णबहादुर खड्का र दीपक गिरीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस