कार्कीमाथि लगाइएको महाअभियोग निन्दनीय, भर्सनायोग्य र जति निन्दा गरेपनि नपुग्ने कुकृत्य   « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कार्कीमाथि लगाइएको महाअभियोग निन्दनीय, भर्सनायोग्य र जति निन्दा गरेपनि नपुग्ने कुकृत्य  


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७४, आइतबार


अधिवक्ता विजय मिश्रले प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग दुर्भाग्यपूर्ण र  गर्नै नहुने काम भएको बताएका छन् ।

मिश्रले भने-आफ्नो इच्छा पुरा भएन भनेर प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग एकदमै निन्दनीय, भर्सनायोग्य र जति निन्दा गरेपनि नपुग्ने कुकृत्य हो यसले न्यायपालिकालाई धेरै वर्ष पछि धकेल्ने काम गर्छ ।

पञ्चायत कालमा पनि नभएको काम अहिले भयो ।  मिश्रले कडा शब्दमा भने -दलहरुले गल्ति भयो भनेर फिर्ता गर्नुपर्छ र स्वतन्त्र न्यायापालिकाको पक्षमा हामी सधै छौ भन्ने कुरा व्यक्त प्रतिवद्धता छौ भन्ने कुरा व्यक्त गर्नुपर्छ ।

सुशीला कार्की पुनर्वहाली भएर महाअभियोग दर्ता नै नभए सरह मानेर पर्सिदेखि अदालतमा आएर काम गर्न पाउनुपर्छ ।   जहाँ न्यायपालिका हुँदैन त्याहाँ स्वइच्छाचारिता मौलाउँछ । यो महाअभियोग अघि बढ्यो भने देशको न्यायपालिकाले ठूलो मुल्य चुकाउँछ । न्यायपालिका असाध्यै कमजोर हुन्छ र देश अराजकता तर्फ जाने मिश्रको ठहर छ ।

प्रतिक्रिया दिनुहोस