विशेष अदालतले फैसलामा उल्टाउँदै सर्वोच्चद्धारा तीन पूर्व आइजीपीलाई जेल सजाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विशेष अदालतले फैसलामा उल्टाउँदै सर्वोच्चद्धारा तीन पूर्व आइजीपीलाई जेल सजाय


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७४, आइतबार


काठमाडौं । सर्वोच्च अदालतले सुडान काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो ।

सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई दोषी ठहर गरेको हो ।

राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ ।

त्यसैगरी श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस