२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ दलीय गठबन्धनले भन्यो–संशोधन प्रस्ताव देश र जनताको हितमा छैन

अ+ अ-

काठमाडौँ । नौदलीय गठबन्धनको बिहीवार बसेको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितमा नरहेको निष्कर्ष निकाल्दै सो विधेयक पारित हुन नदिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव सकरात्मक नभएको जनाउँदै सो प्रस्ताव पराजित गर्ने निर्णय गरेको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन देश र जनताको हितमा नरहेको जनाउँदै त्यसलाई पराजित गर्न आफ्ना तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निष्कर्ष निकालिएको बताए ।

नेम्वाङले भने,“संशोधनको प्रक्रियामा सहभागी हुन्छौँ तर संशोधनमा गठबन्धनले पनि संशोधन हाल्ने छ, देश र जनताको हितमा नरहेको संविधान संशोधन विधेयकलाई पराजित गर्ने प्रयास हुन्छ, त्यसको मुख्य भूमिका एमालेले लिन्छ, अरु साथमा हुन्छन् ।”

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन देश र जनताको हितमा नरहेको जनाउँदै त्यसलाई पराजित गर्न आफ्ना तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निष्कर्ष निकालिएको बताए ।

बैठकमा संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत भएको तथा ११ जिल्लामा स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका विषयमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पठाइएको परिपत्र सरकारले फिर्ता गराएका बारेमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भएको थियो ।

नेता नेम्वाङले यही वैशाख ३१ गते एक चरणमा हुने भनिएको निर्वाचन दुई चरणमा गर्नु सही नभएको उल्लेख गर्दै ११ जिल्लामा गाउँपालिका र नगरपालिकाको सङ्ख्या हेरफेर गर्ने विषय बुधबार मात्र सरकारले फिर्ता लिएको र प्रतिपक्षको सहमतिमा मात्र काम अघि बढाउने विषयलाई गठबन्धनले सकरात्मक रुपमा लिएको जानकारी दिए ।

नेकपा मालेका महासचिव सिपी मैनालीले नौदलीय गठबन्धनको प्रारम्भिक वार्तामा संविधान संशोधन घातक रहेको उल्लेख गर्दै गाउँपालिकाको अधिकार र प्रदेशको अधिकार कटौती गर्ने तथा अङ्गीकृत नागरिकता, भाषाका विषयमा पहिले भएका भन्दा पनि गलत कुरा रहेको निष्कर्ष निकालिएको बताए ।

संविधान संशोधनका प्रक्रियामा भाग लिने तर संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ नपुग्ने बैठकको ठहर थियो ।

नेता मैनालीका अनुसार स्थानीय तहको निर्वाचनमा नौदलीय गठबन्धनबीच तालमेल गरेर जाने विषयमा समेत छलफल भएको थियो । तालमेल गरेर चुनावमा जाने विषयमा एमालेसमेत सकरात्मक देखिएको छ ।

नौदलीय गठबन्धनमा एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, मधेस जनता पार्टी, मधेस समता पार्टी, बहुजन जनता पार्टी र नेपाः राष्ट्रिय पार्टी छन् । रासस

प्रतिक्रिया दिनुहोस