१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आवमा ६.९४ प्रतिशतको आर्थिक वृद्धि

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो ।

यस आवको छ देखि नौ महिनाको यथार्थ तथ्याङ्कको आधारमा र बाँकी महिनाको सामान्य अवस्था रहेको अवस्थालाई अनुमानमा कुल गार्हस्थ्य उत्पादन उत्साहजनक देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार अनुकुल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कट समाप्तिसँगै अर्थतन्त्रमा सुधार आएको हो ।

विभागले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोग सचिवालयका सचिव चन्द्रकुमार घिमिरेले आर्थिक विकासको हिसाबले चालु आव अत्यन्त फलदायी भएको बताए । उनले भने, “देशमा ऊर्जा सङ्कट अन्त्य भएको र बन्द हड्ताल कम भएकाले अर्थतन्त्रमा सकारात्मक असर परेको हो ।”

कृषि क्षेत्रमा ५.२९ प्रतिशतको वृद्धि हासिल भएको छ भने गैरकृषि क्षेत्रमा ७.७४ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य मूल्यमा २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख रहेको छ भने चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख छ ।

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण राष्ट्रिय लेखा अनुमान आठ खर्ब ७८ अर्ब ६० करोड ५० लाख अर्थात कुल गार्हस्थ्य उत्पादनको ३३.८ प्रतिशत रहने अनुमान गरिएको छ । यो पटक कुल स्थिर पुँजी निर्माणमा वृद्धि भएको हो । जुन गत आवमा २८.८ प्रतिशत थियो ।

चालु मूल्यमा अन्तिम उपभोग खर्च २३ खर्ब ३२ अर्ब ७४ करोड १० लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ८९.७५ प्रतिशत रहने अनुमान छ । त्यस्तै चालु मुल्यमा वस्तु र सेवाको कुल निर्यात सालाखाला आठ खर्ब ३८ अर्ब ४६ कारोड ९० लाख मात्र रहनेछ ।

उपभोक्ता मूल्य सूचकाङ्क आधार वर्षमा सन् २०००/२००१ लाई आधार वर्ष मान्ने हो भने ३२४.२२ रहेको छ । विप्रेषण आयतर्फ कुल सात खर्ब २६ करोड ३० लाख रहेको छ जुन कुल गार्हस्थ्य उत्पादन २६.९४ प्रतिशत हुन आउँछ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ९० हजार ५२१ अर्थात ८५३ अमेरिकी डलर हासिल भएको छ ।

कृषि क्षेत्रमा आएको सुधारका कारणले, सरकारले मल बिउ, प्राविधिक सहायता र सिँचाइ पु¥याएकाले पनि यो परिणाम आएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्यालको दाबी थियो । उनले ऊर्जा क्षेत्र व्यवस्थामा सुधार आएकाले उत्पादन क्षेत्रमा ठूलो योगदान पुगेको बताए ।

चालु आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २९.३९ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७०.६३ प्रतिशतको योगदान भएको अनुमान गरिएको छ । त्यसैगरी यस आवमा २८.८९ प्रतिशत योगदान रहेको कृषि तथा वन क्षेत्रमा ५.२५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

वि.सं. २०२१/२२ देखि निरन्तर कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्दै आइएको छ । रासस

प्रतिक्रिया दिनुहोस