१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भृकुटीमण्डपमा बैंकिङ एक्स्पो हुने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंकर्स सङ्घ, डेभलपमेन्ट बैँकर्स एसोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनलगायत संस्थाको सहकार्यमा वैशाख १५ गतेदेखि भृकुटीमण्डपमा बैंकिङ एक्सपो हुनेभएको छ ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक विभुप्रसाद अर्यालले पहिलो पटक बैंकिङ एक्स्पो हुन लागेकाले सबै बैंकका बारेमा एउटै ठाउँमा अध्ययन गर्न सकिने, बैंक सम्बन्धी सूचना जनसमक्ष ल्याउन मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

बैंकर्स सङ्घका कार्यसमिति सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रका बारेमा बुझ्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि मेला महत्वपूर्ण अवसर भएको बताए ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका प्रथम उपाध्यक्ष राजेन्द्र पौडेल तथा माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स सङ्घका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले पहिलो पटक आयोजना हुनलागेको सो कार्यक्रम बैंक र सेयर बजारमा प्रभावकारी हुने अपेक्षा गरे ।

कार्यक्रम वैशाख १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छ । व्यवस्थापन, कृषि र पर्यटन जस्ता उद्यमशीलताको खोजीमा अध्ययन गरिरहेका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएर नेपालमै उद्यमी बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

बैकिङ, लघुवित्त, बिमा, सेयर बजारसँग सम्बन्धित तथा अन्य सङ्घ संस्थाका गरी करिब ४५ कक्ष सञ्चालन हुनेछन् । नेपाल राष्ट्र बैंक, बिमा समिति, नागरिक लगानीकोष, युवा स्वरोजगार कोष, बिमा कम्पनी, माइक्रोफाइनान्स तथा विप्रेषण कम्पनीले सूचनामूलक कक्ष राख्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस