१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ जलविद्युत्को एक्काइस करोड मुआब्जा वितरण

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् आयोजनाले हालसम्म रु २१ करोड १० लाख मुआब्जा वितरण गरेको छ ।

आयोजनाको जलाशयबाट डुबानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणको प्रक्रिया द्रुतरुपमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । यसअघि  १५ करोड ६८ लाख मुआब्जा वितरण गरिएको थियो ।

आयोजनाले बिहिावर मात्रै पाँच करोड ४२ लाख वितरण गरेको छ । डुबानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा फलफूल तथा रुख बिरुवाको क्षतिपूर्ति वितरण गरिएको हो । आयोजनाले डुबान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनदेखि मुआब्जा वितरण सुरु गरेको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०७३/७४ मा मुआब्जा वितरणका लागि ४२ करोड विनियोजन गरेको छ । त्यसमध्ये आजसम्म २१ करोड १० लाख वितरण गरिएको हो ।

जलशायबाट डुबान क्षेत्रमा पर्ने एक हजार २०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । यसका लागि ६० करोड रकम लाग्नेछ । आयोजनाको बाँध बनेपछि बन्ने जलाशयले तनहुँको भिमाद, माझकोट, रिसिङ, रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुबानमा पर्नेछन् ।

जग्गाप्राप्ति ऐन २०३४ मा भएको व्यवस्थाअनुसार तनहुँका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको अध्यक्षमा गत २३ माघमा २०७३ मा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाको डुबान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको थियो ।

ठेक्कापट्टाका सम्पूर्ण काम २०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण २०७९ पुसको दोस्रो साता सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए ।

आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ । यसका लागि विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सव–स्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिनेछ ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रसारण लाइन निर्माण र ग्रामीण विद्युतीकरणसहितको हो ।

आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको आठ करोड ६० लाख, एसियाली विकास बैंकको १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख र युरोपेली लगानी बैंकको लगानी आठ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहनेछ । लगानीकर्तासँग ऋण सम्झौता भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस