Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियान शुभारम्भ


प्रशासन विशेष ब्युरो

१ बैशाख २०७४, शुक्रबार


काठमाडौँ। ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान आजबाट शुभारम्भ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशरथ रङ्गशालाबाट ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गर्दै अभियानको शुभारम्भ गरेका छन् ।

स्वास्थ्यमन्त्री, विभिन्न नागरिक समाजका प्रतिनिधि, प्रसिद्ध अभिनेत्री मनिषा कोइराला र सर्वसाधारणसहितको ¥यालीमा सहभागी हुँदै प्रधानमन्त्रीले स्वास्थ रहन पाँच सङ्कल्पमा प्रतिबद्धता व्यक्त गरे ।

सरकारले अभियानका रुपमा सर्वसाधारणलाई स्वास्थ्यप्रति सजग रहन म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छौँ भन्ने पाँच प्रतिबद्धता गरी पालना गर्न आग्रह गरेको छ ।

दशरथ रङ्गशालाबाट निस्केको ¥याली वसन्तपुरमा गई कार्यक्रममा परिणत भएको थियो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले बाहेक पनि जनताले आफ्नो स्वास्थ्यमा ध्यान नदिए राज्यले मात्र जनताको स्वास्थ्यका लागि गर्ने कर्तव्य सफल नहुने भएकाले यस अभियान थालिएको बताए ।

वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै यो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिनेछ । मन्त्री थापाले भने, “अहिले जीवनशैलीमा आधारित रोगको उच्च प्रकोप, समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचारको खर्चको भारमा वृद्धि, अकाल मृत्यु र अपाङ्गताको वृद्धि भइरहेकाले जीवनशैलीमा सामान्य परिवर्तनबाट यो अवस्थालाई आफैँले रोक्न र घटाउन सकिन्छ । यसका लागि अभियानकै रुपमा सरकारसँगै जनतालाई पनि थप जिम्मेवार बनाउन यो अभियान ल्याइएको हो ।”

सो अवसरमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतिले नेपालमा धुम्रपान, मद्यमानको अत्याधिक प्रयोग, खाद्य प्रदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताका स्वास्थ्य प्रतिकूल असर गरी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास गरे ।

उहाँले देशमा १८।५ प्रतिशत जनसङ्ख्याले धुम्रपान गर्ने, दक्षिण एसियामै धेरै १५ प्रतिशत नेपाली महिलाले धुम्रपान गर्ने, १७ प्रतिशत जनसङ्ख्याले मद्यपान गर्ने, १८ प्रतिशतमा मोटोपना, चार प्रतिशतमा अति मोटोपनाले शारीरिक मात्र नभई मानसिक समस्या पनि बढाएको बताए ।

ग्रामीण भेगमा ७४ प्रतिशतमा घर परिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको तथ्याङ्क छ । अत्यधिक विषादीको प्रयोग, मिसावटयुक्त खाद्यवस्तु, अस्वस्थ असन्तुलित खानपिन शैली पनि अर्को समस्या रहेको छ ।

अभिनेत्री मनिषा कोइरालाले स्वास्थ्यको ख्याल आफैँले राख्नुपर्ने बताउँदै आफू स्वास्थ्य भएमात्र गुणस्तरीय जीवनयापन गर्न सकिने बताउनुभयो । उनले भने, “मलाई २०१२ मा क्यान्सर हुँदा मैले विश्वको उत्कृष्ट मानिएको अस्पताल, चिकित्सको उपचार पाए र आफ्नो जीवन फिर्ता लिएँ । अहिले म निकै सचेत छु । स्वस्थ रहन धेरै ठूलो केही गर्नुपर्दैन । नियमित क्रियाकलापमै सन्तुलन राख्न सके पनि धेरै स्वस्थ रहन सकिन्छ ।”

कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले स्वस्थ रहन शारीरिक व्यायामको महत्वपूर्ण स्थान भएकाले दैनिक व्यायाम गर्न आग्रह गर्दै विभिन्न योगासन गरी देखाएका थिए ।

वर्षभरि हुने कार्यक्रम अन्य सम्बन्धित क्षेत्र, विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गरिने छ । कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्याङ्क राखी अर्को वर्ष थप सुधार गरी अघि बढ्ने मन्त्रालयको भनाइ छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस