१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन माग

अ+ अ-

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोज डा. बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय संयुक्त सङ्घर्ष समितिले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ (६ र ७) अबिलम्ब खारेज गरी सबै दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गरेको छ ।

समितिको यही २९ गते बसेको बैठकको निर्णय बिहिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै दललाई आफ्नो पहिचान (चुनाव चिह्न) का साथ जनतामा जाने अधिकारबाट वञ्चित गरिनु अलोकतान्त्रिक र विभेदकारी नीति भन्दै त्यसविरुद्ध निरन्तर सङ्घर्ष जारी राख्ने निर्णय गरेको छ ।

संयोजक डा. भट्टराईले आफ्नो नीति र पहिचानसहित जनतामा जाने अधिकारलाई वञ्चित गरी सरकारले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाएको आरोपसमेत लगाए ।

फरक प्रसङ्गमा संयोजक डा. भट्टराईले देशलाई नयाँ दिशामा लैजान हिमाल, पहाड र तराईबीचको एकतालाई मजबुत बनाउन राष्ट्रिय एकताको एजेण्डा लिएर केही दलसँग एकताको प्रयास भइरहेको उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस