१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकार र निजी क्षेत्र मिलेमात्र देशको विकास सम्भव’

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकार र निजी क्षेत्र मिलेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताएकि छिन् ।

रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले मुलुकको सामाजिक र आर्थिक विकासका लागि महासङ्घले काम गर्ने बताएकी हुन् । उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्ने काममा महासङ्घ लाग्ने बताएकीहुन् ।

अध्यक्ष राणाले महासङ्घले विगतमा गरेका कामलाई निरन्तरता दिँदै महासङ्घअन्तर्गतका जिल्ला, नगरलाई प्रान्तीय रुपमा अगाडि बढाउने स्पष्ट पारिन् । उनले भनीन्, “सात प्रदेशमा स्मार्ट सिटी बनाउनका लागि सहरी विकास मन्त्रालयसँग मिलेर काम गर्नेछौँ ।” उनले आर्थिक समृद्धिका लागि निर्वाचन आवश्यक रहेको बताइन ।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासङ्घले विकास निर्माणको कार्यलाई अघि बढाउने बताए । उनले देशमा विकासको खाँचो भएको बताउँदै गाउँदेखि सहरसम्म विकासका एजेन्डा लिएर अगाडि बढ्ने स्पष्ट पारे । गोल्छाले आर्थिक विकासका लागि गुट उपगुटमा नलागी काम गर्ने बताए ।

जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले जिल्ला तथा नगरका समस्यालाई आफूले सँधै प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश तथा स्थानीय तहमा ऐनमा भएका बाधा तथा व्यवधानलाई हटाएर व्यवसायीको नीति तथा कार्यक्रम ल्याउन पहल गर्ने बताए ।

एसोसिएट उपाध्यक्ष चन्द्र ढकालले श्रमिक र व्यवसायी बीचको सम्बन्धलाई सुधार गर्दै लैजानुपर्ने बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानीको सम्भावान पहिचान गरी कार्ययोजना अघि सार्ने स्पष्ट पारे ।

महासङ्घका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासङ्घको कोषलाई पारदर्शी बनाउने बताएत । उनले प्राविधिक शिक्षालय स्थापनाका लागि विदेशीसँग सहयोग ल्याउनेगरी काम गर्ने स्पष्ट पारे । रासस

प्रतिक्रिया दिनुहोस