२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमल थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिगत गरी पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टीका पदाधिकारी, पूर्वकार्य सम्पादन समितिका नेतालगायतको सहभागितामा गठन गरिएको उक्त कमिटीले घोषणापत्र तयार गर्नेछ ।

सोही कमिटीले चुनावका लागि उम्मेदवार छनोटका विधि तथा प्रक्रिया निर्माण गर्ने, चुनावमा आफ्नो विजयीलाई सुनिश्चित बनाउन विभिन्न राजनीतिक दलसँग तालमेल गर्नका लागि सम्बन्धित जिल्लालाई अधिकार दिने भएको छ । घोषणापत्र सार्वजनिक गरिएपछि देशका सबै जिल्लाले पार्टीको वैचारिक तथा सैद्धान्तिकरुपमा निकट रहेका तथा अन्य सङ्गठनसँग तालमेलको आवश्यकताको अध्ययन गरी निर्णय लिनेछन् ।

त्यसैगरी आगामी वैशाख २ गतेदेखि देशव्यापी चुनावी सभा सञ्चालन गर्ने भएको छ । पार्टीका शीर्ष नेतृत्वको सहभागितामा १४ अञ्चलमा हुने सो कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि पार्टीका उपाध्यक्ष तथा महामन्त्रीलाई जिम्मेवारी दिइएको छ । करिब दुई दशक लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा जनतालाई पार्टीका नीति तथा कार्यक्रमका बारेमा बुझाउने र पार्टीलाई विजयी बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको पार्टीका प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए ।

पार्टीका स्थानीय तहका सङ्गठनलाई नयाँ संरचनाअनुसार समायोजन गर्नका लागि सम्पूर्ण जिल्लामा विस्तारित बैठक पार्टीले सम्पन्न गरिसकेको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार जनताको माझमा पार्टीका राजनीतिक गतिविधिलाई लोकप्रिय बनाउने उद्देश्यले विभन्न अभियानसमेत सञ्चालन भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस