२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दा सङ्कलन गरी सडक निर्माण

अ+ अ-

बाजुरा । बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको छ ।

नगरपालिका–२ का स्थानीयवासीले १२ लाख चन्दा सङ्कलन गरी सडक निर्माण गरेका हुन् । बुढालेखदेखि जाल्पादेवी उमाविसम्मको दुई किलोमिटर सडक निर्माण गरिएको स्थानीय नरबहादुर विकले बताएका छन् ।

बडिमालिका नगरपालिका–२ का स्थानीयले मार्तडी थामलेख सडक निर्माण सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाइएको वडा नागरिक मञ्चका अध्यक्ष सरिता दानीले बताइन् ।

साथै जिल्ला प्रशासन कार्यालय बाजुराको मार्तडी थामलेख सडक निर्माण कार्य सञ्चालन गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका थिए ।

तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत जिल्ला आयोजना(ड्रिलिप) बाजुराले वडा नम्बर २ सडक निर्माण अधुरै छोडेर स्थानीयलाई सडकको पहुँचबाट टाढा राखेको भन्दै सडक निर्माण गर्न निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्लाका सरोकारवाला निकायले सडक निर्माणका लागि बजेटको व्यवस्था नगरी दिएपछि चन्दा सङ्कलन गरी दुई किलोमिटर सडक निर्माण गरिएको पत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले जनसहभागितामा सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै सडक निर्माण सुचारु गर्न जिल्ला समन्वय समिति र सडक डिभिजन कार्यालयमा पत्र पठाउने बताए । रासस

प्रतिक्रिया दिनुहोस