१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वस्तु प्रवद्र्धन गर्न छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने सहमति

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकका १६ वटा सहरमा नेपाली वस्तुका बिक्री प्रवद्र्धनलाई प्रोत्साहन गर्न छुट्टै प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सोमवार आयोजित कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी र उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेको उपस्थितिमा उद्योग मन्त्रालयका तर्फबाट सहसचिव दिनेश घिमिरेले र काठमाडौँ महानगरपालिकाका तर्फबाट महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले हस्ताक्षर गरे ।

सहमतिअनुसार काठमाडौँ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, याङ्गुन, म्यान्मार, कोरियालगायत मुलुकका विभिन्न सहरमा महानगरपालिकाले नेपाली वस्तुको बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी तथा बिक्री प्रवद्र्धन कक्ष सञ्चालनमा ल्याउनेछ । यसबाट नेपाली वस्तुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगको विकास र विस्तारमा टेवा पुग्नेछ ।

सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले राष्ट्रिय स्वार्थमा एकअर्का संस्थाको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउने उद्देश्यका साथ उद्योग मन्त्रालयले यसप्रकारको कार्यलाई अगाडि बढाएको बताए ।

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले महानगरपालिकाको विश्वका १६ वटा सहरसँग भगिनी सम्बन्ध कायम रहेको र निकट भविष्यमा थप २० वटा सहरसँग भगिनी सम्बन्ध कायम हुने क्रममा रहेको जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस