Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

परीक्षापयोगी विशेष श्रृंखला ५ (पाँच)


प्रशासन विशेष ब्युरो

११ माघ २०७३, मंगलबार


वस्तुगत प्रश्नहरु

१. कुन अंकको ७५ प्रतिशतवाट ७५ घटाउँदा ७५ नै वाँकी रहन्छ  ?

 

२. कुनै वस्तुको उचाई र उक्त वस्तुको छाँयाको लम्वाइ वरावर हुँदा सूर्यको उचाई कति डिग्री हुन्छ ?

 

३. नेपालको नक्शामा चारकुनामा परेका जिल्लाहरुको नाम तलका मध्ये कुन सही हो ?

(क) हुम्ला, कंचनपुर ताप्लेजुङ झापा         (ख) बझाङ, कन्चनपुर झापा ताप्लेजुङ

(ग) ताप्लेजुङ, झापा, दार्चुला,कन्चनपुर        (घ) पाँचथर, झापा, दार्चुला र कन्चनपुर

 

४. बिवाह (Marriage) भन्दा पनि अघि सम्वन्ध विच्छेद (Divorce) कहाँ हुन्छ ?

 

५. महाकवी लक्ष्मीप्रसाद देवकोटालाई मुनामदन, शाकुन्तल र पागल मार्फत तीनपटक जन्मेका भनेर टिप्पणी गर्ने साहित्यकार को हुन् ?  

 

सही उत्तरहरु :

१. २००      २. ४५ डिग्री       ३. (ग) ताप्लेजुङ, झापा, दार्चुला,कन्चनपुर     ४. Dictionary    ५. बालकृष्ण सम

मानव जीवन नै एउटा परीक्षा हो –दार्शनिक सुकरात

सपना भनेको मस्त निदाएको वेला देखिने चिजमात्र कदापि हैन, बरु यो त हामीलाई ज्यादा निदाउनवाट रोक्ने मनको अभिप्सा पनि हो –एपिजे अव्दुल कलाम

 

छोटो प्रश्नोत्तर

. आर्थिक योजनाको सफलताका पूर्वशर्तहरु के के हुन् ?

कुन अवधिमा के कस्तो विकास कार्य के कस्ता स्रोत र विधिवाट गर्ने भन्ने पूर्वनिधारित खाका नै आर्थिक योजना हो । विकास योजना, आवधिक योजना भनेर पनि चिनिने आर्थिक योजनाको सफलताका लागि केही पूर्वशर्तहरु अनिवार्य मानिन्छन् । हाम्रोजस्तो अति विपन्न देशलाई विकसित, उन्नत र समृद्ध तुल्याउनका लागि आर्थिक योजनाको विशेष महत्व रहन्छ । र यस्ता योजनाको सही कार्यान्वयनका लागि देहायका शर्तहरु आवश्यक मानिन्छन् :

  • स्पष्ट अर्थराजनीति
  • आर्थिक विकासलाई प्राथमिकता
  • विकासमा राजनीतिभन्दा पनि विकासका लागि राजनीतिको प्रयोग
  • स्रोत साधनको पहिचान, खोजी र परिचालनको स्पष्ट खाकाको प्रयोग
  • पर्याप्त, भरपर्दो र स्तरीय तथ्यांक तथा सूचनाको प्रयोग
  • सम्पूर्ण योजना चक्र (तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन) मा सरोकारवालासहितको जनसहभागिता प्रवर्द्धन
  • जवाफदेहिता किटान गर्न कानुन र मापदण्डको प्रयोग
  • समयलाई पनि महत्वपूर्ण स्रोतको रुपमा लिइनु
  • कार्यान्वयनको वातावरणमा अन्यौल भएमा वा समस्या देखिएमा निकास दिनको लागि जिम्मेवार निकायको हरदम तत्परता हुनु
  • लगानीको वातावरण

भनिन्छ कि आवधिक योजना केही हदसम्म महत्वाकांक्षी हुन्छ । तथापि देशको धरातल सुहाउँदो विकासको मोडल प्रयोग गरी संभाव्य स्रोतको कुशल प्रयोगवाट राखिएका लक्ष्य एवं उद्देश्य पूरा गर्न संभव हुन्छ अनि देशलाई समृद्ध र उन्नत वनाउन संभव हुन जान्छ ।

 

. सार्वजनिक प्रशासनका प्रमुख चुनौतिहरु उल्लेख गर्नुहोस् ।

राज्यको तर्फवाट नागरिकमा सेवा सुविधा प्रवाह गर्ने संयन्त्रको रुपमा सार्वजनिक प्रशासन रहेको हुन्छ । सार्वजनिक प्रशासनका सैद्धान्तिक मान्यताहरु, यसको ढाँचा र शैलीहरुमा परिवर्तन स्वभाविक भएतापनि यसले पूरा गर्नुपर्ने नागरिक सन्तुष्टि र राष्ट्रको समृद्धि भने यसका प्रमुख दायित्व र चुनौति दुवै हुन् ।

वर्तमान सन्दर्भमा सार्वजनिक प्रशासनका सामु रहेका चुनौतिलाई देहायका वुँदाहरुमा समेट्न सकिन्छ :

  • सर्वसाधरण नागरिकको प्रशासनप्रतिको विश्वास हाँसिल गर्नु ।
  • सार्वजनिक प्रशासनले विगतमा पुर्याएका योगदानको जगेर्ना गर्ने ।
  • भावी दिनमा पर्नसक्ने विपद तथा अनिश्चित जटिलताहरुसँग जुध्ने समस्याको विकास गर्ने ।
  • सरकारी नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा प्रतिफल वितरणमा अपनत्व र समता कायम गर्ने ।
  • विद्यमान सामाजिक, जैविक, वैचारिक, क्षेत्रीय विविधता सम्वद्ध सवालहरुको सही समाधान गर्न सहयोग वन्ने
  • जनताको नजिक पुगेर मर्का समाधान गर्ने तर शासन भने टाढा वाटै गर्ने ।
  • सरकारको आकार ठिक्क राख्ने र क्षमता भने वढाउने ।
  • सिमित स्रोत साधन र असिमित आवश्यकतावीच सन्तुलन कायम गर्ने ।
  • योग्यतातन्त्र र समावेशी प्रावधानवीच सन्तुलन कायम गर्दे जनशक्ति व्यवस्थापन गर्ने ।
  • वैश्विक तहदेखि स्थानीय तहसम्मका सवालहरुलाई उचित व्यवस्थापन गर्ने ।
  • सरकारका अलावा विकास निर्माण र सेवाप्रवाहमा संलग्न सरोकारवाला एवं पात्रहरुवीच समन्वय, सम्वाद र सहकार्य प्रवर्द्धन गर्ने ।

पूरै असम्भव कामलाई चुनौति भनिदैन । आजको चुनौति भोलिको लागि नहुन पनि सक्दछ । आजको संभावना सदासर्वदा नरहन पनि सक्ने हुँदा प्रशासनलाई गतिशील र वुलन्द वनाउँदै नागरिकले महसुस गर्ने र राज्य र गैरराज्य पात्रहरुले साझा अवधारणाका रुपमा प्रशासनलाई वलियो वनाउनु नै अहिलेको प्रमुख सवाल हो । चुनौतिको सामना गर्नु प्रशासनको लागि अनिवार्य आवश्यकता पनि हो र औचित्य पनि ।

 

नोट:  नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ४ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको GK & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ ।                                -www.prasashan.com

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस