२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूर-पश्चिम ११ सेमिफाईनलमा प्रवेश

अ+ अ-

धनगढी । धनगढीमा जारी प्रथम अन्तराष्टिय आमन्त्रीत सुदूर-पश्चिम खप्तड गोल्डकप अन्र्तगत आईतवार भएको खेलमा आयोजक सुदूर-पश्चिम ११ स्पोर्टस क्लव बिजयी भएको छ । यो जीतसगै सुदूर-पश्चिम ११ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रगशालामा भएको खेलमा भारतको पन्जाव ११ लाई ५–० गोल अन्तरले पराजित गर्दै सुदूर-पश्चिम ११ सेमीफाइनलमा प्रवेश गरेको हो ।

उसका लागि मनिराम चौधरीले ह्याट्रिक पुरा गरे भने प्रयण्य अन्जान र सुमीत दुवेले समान एक, एक गोल गरे । पहिलो हाफको १४ औं मिनेटमा गोल गरेका जर्सी नम्वर १७ का मणीरामले पहिलो हाफको ४३ औं मिनेटमा दोस्रो गरे । दोस्रो हाफको ५९ औं मिनेटमा तेस्रो गोल गर्दैै उनले ह्याट्रिक पुरा गरे । म्यान अफ द म्याच घाषित मनिराम चौधरीलाई नगद रु ५००० प्रदान गरिएको छ ।

सुदूर-पश्चिम ११ का लागि पहिलो हाफको ३८ औं मिनेटमा जर्सी नम्वर १६ का सुमित दुवे र दोस्रो हाफको अतिरिक्त समयको एक मिनेटमा जर्सी नम्वर ९ का प्रयण्य अन्जानले गोल गरेका हुन् ।

जितपछि प्रतिक्रिया दिदै सुप ११ का कप्तान गजेन्द्र शाहीले सवै खेलाडीहरुको समन्वय र मेहनतले सानदार जित हासिल गर्न सफल भएको बताउनुभयो । पञ्जाव फसटवल क्लवका कप्तान रिमी मेहराले आफुहरुको तालमेल नमिलेका खेल गुमाएको बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत सोमवार पहिलो खेलमा संकटा क्लव र जगदम्वा लुम्वीनी तथा दोस्रो खेलमा दिल्ली युनाईटेड र सहारा क्लव पोखरा वीच प्रतिस्पर्धा हुने आयोजक सुदूर-पश्चिम ११ फुटवल क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।

पुस २१ गतेदेखि शुरु भएको गोल्डकप आगामी माघ १ गतेसम्म संचालन हुनेछ । गोल्डकप बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५१ हजार पुरस्कारको ब्यवस्था रहेको छ । गोल्डकपमा भारतका २, भुटान १ र नेपालका ९ गरी १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस